ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एपीजीको २१ औं वार्षिक बैठक काठमाडौंमा सम्पन्न

Jul 27, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
साउन ११ काठमाडौं (अस) । एशिया प्याशिफिक ग्रुप अन मनि लण्डरिङ (एपीजी)को २१ औ वार्षिक बैठक (प्लेनरी) काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी अहिलेको मुख्य चुनौतीका रुपमा रहको ओल्याउँदै यसको लागि सराकारवालाहरु गम्भिर बन्नु पर्ने समय आएको सदस्य राष्ट्रहरुले बताएका छन् । सात दिनसम्म काठमाडौंमा चलेको बैठकको अन्तिम दिन शुक्रवार पत्रकार सम्मेलन मार्फत विश्वव्यापी रुपमा सम्पत्ति सुद्धीकरण निवारणको चुनौती र आगामी रणनीतिबारे छलफल भएको जानकारी दिइयो । पत्रकार सम्मेलनमा पछिल्लो समय आतङ्वादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारका क्रियाकलाप बढ्ने सबैका लागि चुनौतीको विषय भएको र यी पविषयमा बैठकमा छलफल भएको जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै एपिजीका सह अध्यक्ष लिनी क्लोच कोचियरले नेपालले एपीजीको बैठक सफतापूर्वक सम्पन्न गरेको बताउँदै सम्पत्ति सुद्धीकरण निवारणको बहसमा बैठक फलदायी भएको बताइन् । उनले सदस्य राष्ट्रहरु यी बैठकबाट आफ्ना नीति नियम तर्जुमा तथा भएका कानून कार्यान्वयनको लागि थप सकृय हने अपेक्षा गरिन् । एपीजीका सेक्रेटरी गार्डन हुकले एपीजीको यो बैठकले सदस्य राष्ट्रहरुको अवस्था तथा आागामी रणनीतिका बारेमा गम्भिर छलफल भएको बताए । एपीजीका सदस्य डीएम रुपासिङ्गेले सम्पत्ति सुद्धीकरण निवारणका विषयमा देखिएका चुनौती समाधान गर्दै सदस्यहरुले आफ्नो रणनीत तर्जुमा गर्न बैठक फलदायी भएको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)