ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सवारी लाइसेन्सको आवेदन सुचारू

Jul 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । सरकारले २ महीनादेखि रोकेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आइतवारदेखि पुनः सुचारू गरेको छ । यातायात व्यवस्था विभागले जेठ २१ देखि लाइसेन्स जारी गर्न बन्द गरेको थियो । ‘रि– ट्रायल’, राजस्वलगायतको हिसाब मिलान गर्नुपर्दा केही समय ट्रायलको काम रोकिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए । काठमाडौं उपत्यकाका चाबहिल, जगाति, एकान्तकुना, ठूलो भ¥याङ र स्वयम्भूबाट लाइसेन्सको परीक्षा तथा ट्रायल हुने गरेको छ । उपत्यकाबाहिर कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धवलागिरि, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीबाट पनि परीक्षा र ट्रायल हुने विभागले जानकारी दिएको छ । लाइसेन्सका लागि अनिवार्य रूपमा विभागको वेबसाइटमा गएर अनलाइन फर्म भर्नुपर्छ । विभागका अनुसार हेभी इक्वीपमेण्टको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि यसै हप्तादेखि दिने तयारी गरिएको छ । अर्यालले अभियानसँग भने, ‘हेभी सवारीसाधनको लाइसेन्स सीधै लिन पाउने गरी यही हप्तादेखि आवेदन खुला गर्ने तयारीमा विभाग लागेको छ ।’ गत फागुनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साना सवारीसाधन चलाएको २ वर्षपछि मात्रै मझौला र ठूला सवारीसाधनको लाइसेन्स वितरण गर्ने व्यवस्थालाई पहिलोपटक संशोधन गरेसँगै विभाग यस्तो तयारीमा जुटेको हो । विभागका अनुसार अब हेभी इक्वीपमेण्टका लागि साना सवारीसाधनको लाइसेन्स लिएको २ वर्ष पुग्नु आवश्यक छैन । हेभी इक्वीपमेण्टअन्तर्गत डोजर, मोबाइल क्रेन, विटुमिन डिष्ट्रिब्युटर, मिनी डम्परलगायत १७ प्रकारका साधन राखिएका छन् । सोसम्बन्धी कानूनी व्यवस्था राजपत्रमा प्रकाशित गरिसकिएकाले तत्काल लागू गर्ने तयारीमा विभाग रहेको अर्यालले जानकारी दिए । उनका अनुसार अब ड्राइभिङ सेण्टरबाट नै हेभी गाडीको प्रशिक्षण लिए ठूला गाडी चलाउनका निम्ति लाइसेन्स पाइने छ । विभागका अनुसार पुरानो व्यवस्थाका कारण धेरै अपरेटर अनुमतिपत्र विहीन हुनुपर्ने र त्यस्ता गाडीका निम्ति बजारमा अपरेटरको अभावसमेत हुने गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)