ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनुगमनप्रति मन्त्री नै असन्तुष्ट

Aug 8, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारी निकायका विभिन्न संयन्त्रले गरिरहेको अनुगमनप्रति मन्त्री नै असन्तुष्ट रहेको पाइएको छ । मङ्गलवार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले हाल विभागबाट हुँदै आएको अनुगमनप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले अनुगमनकारी संयन्त्र बलियो रूपमा प्रस्तुत हुन नसकेको बताउँदै स्वास्थ्यमा खेलबाड गर्नेलाई रेडकार्ड दिई तत्काल कारबाही गर्न निर्देशन दिए । अनुगमनकारी संयन्त्र प्रभावकारी हुन नसक्दा अनुगमनबाट ठोस परिणाम निस्कन नसकेको मन्त्री खनालको भनाइ थियो । जनस्तरबाट उठेका प्रश्नमा विभाग जवाफदेही हुनुपर्नेमा उनले जोड दिए । ‘आफ्नो घेराभित्र रहेर हरेक ठाउँमा अनुगमन गर्नुस्,’ खनालले भने, ‘साथ दिने म छु, हरेक ठाउँमा निर्देशनको मात्र भर पर्नु पर्दैन ।’

पानी, दूध र मुख्य खाद्यवस्तुको अनुगमनमा सक्रिय भएर लाग्न आग्रह गर्दै खनालले ६ महीनापछि फेरि समीक्षा गर्ने जानकारी दिए । ‘ल्याब बिग्रेको छ भने भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्,’ उनले भने । पटकपटक अनुगमन र चेकजाँच गर्न, नमूना फरकफरक ढङ्गले सङ्कलन गर्न निर्देशन दिँदै मन्त्री खनालले राम्रो गर्ने उद्योगलाई पुरस्कृत गर्ने र नराम्रोलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बारम्बार अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योग बन्द गराउने चेतावनी दिए । आर्थिक वर्ष २०७४/७५मा देशभरबाट २ हजार ८ सय १३ ओटा नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा ३ सय ५४ ओटा न्यून गुणस्तरको पाइएको छ । उनका अनुसार विभागले स्रोतसाधन तथा जनशक्तिको अभाव भए पनि आफ्नो अनुगमनलाई रोकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)