ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बर्खे धानको समर्थन मूल्य निर्धारण

Aug 10, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । किसानले बर्खे धान भित्र्याउने समय भएसँगै सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य प्रतिक्वीण्टल २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा कायम गरेको हो । यसअघि साउन १८ को मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्यमा परिवर्तन नगरिएसम्म २०७५ जेठ १५ गतेदेखि लागू हुनेगरी उखु उत्पादक कृषकलाई प्रतिक्वीण्टल ६० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । बैठकले मौलिक हकअन्तर्गत विभिन्न विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णयसमेत गरेको छ, जसमा आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । यसैगरी जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकसमेत संसद्मा पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले लेखनाथ पोखरा नगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका कायम गरेको छ । गत असार दोस्रो साता बसेको लेखनाथ पोखरा महानगरपालिकाको परिषद् बैठकले महानगरको नाम पोखरा महानगरपालिका राख्ने निर्णय गर्दै अनुमोदनका लागि सङ्घीय सरकारलाई पेश गरेको थियो । बैठकले प्रदेश नं ५ का कायममुकायम प्रमुख सचिव तीर्थराज ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आनन्दराज ढकाल र गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए । बढुवा भएका तीर्थराज ढकाललाई प्रदेश नं ५, आनन्दराज ढकाललाई प्रदेश नं ३ र केदार न्यौपानेलाई प्रदेश नं १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ । यसैगरी प्रदेश नं ३ का प्रमुख सचिव रश्मिराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ भने नेपाल लेखापरीक्षण सेवाको विशिष्ट श्रेणीको पदमा राममाया कुँवरलाई बढुवा गरिएको छ । बैठकले साविकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिशको काम अब सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)