ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जामा उपलब्धि : सिंहदरबारमा सोलारदेखि अरुण तेस्रो शिलान्याससम्म

Aug 14, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असारसम्म ऊर्जाक्षेत्रमा महŒवपूर्ण काम भएको दाबी गरेको छ । सोमवार सरकारले सार्वजनिक गरेको ५ महीने कार्यकालको प्रतिवेदनमा सिंहदरबारमा सोलारबाट बिजुलीदेखि अरुण तेस्रो परियोजना शिलान्याससम्म उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार सिंहदरबार परिसरका भवनमा १ मेगावाट (मेवा) क्षमता बराबरको सौर्य विद्युत् प्रणाली जडान गरिएको, निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् परियोजनाबाट २८ मेवा विद्युत् राष्ट्रिय प्रसारण ग्रीडमा जोडिएको र ९ सय मेवा क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजना शिलान्यास भएको विषयलाई महŒवपूर्ण उपलब्धिका रूपमा लिइएको छ । त्यस्तै, १ वर्षभित्र २५ मेगावाट क्षमताको ग्रीड सौर्य परियोजना निर्माण गर्ने गरी गत वैशाख १४ गते नुवाकोटमा परियोजना शिलान्यास भएको, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ऊर्जा उत्पादनमा बाह्य सहयोग भित्र्याउने विषयलाई समेत मुख्य उपलब्धि मानिएको छ । शिलान्यास गरिएका आयोजनाको प्रगतिबारे भने केही उल्लेख छैन । भारत भ्रमणका क्रममा भएको नेपाल–भारत विद्युत् व्यापार सम्झौता कार्यान्वयन गर्न गठित संयुक्त कार्य समूह र संयुक्त निर्देशक समितिमा दोस्रो अन्तरदेशीय प्रसारण लाइन, ऊर्जा बंङ्किङ, कुशाहा–कटैया तथा रक्सौल–परवानीपुर प्रसारणलाइनको सम्बन्धमा थप अध्ययन गर्ने सहमतिलाई समेत ओली सरकारले महŒवपूर्ण कार्यका रूपमा लिएको छ । अन्य उपलब्धिमा ऊर्जाको क्षेत्रमा भारतसँग सम्पन्न उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउने विषयसमेत समावेश गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)