ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्वोच्चको आदेश बमोजिम प्रकाण्डलाई प्रहरीले अदालत उपस्थित गरायो, छाड्ने वा नछाड्ने विषयमा आजै बहस हुने

Aug 16, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
साउन ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लब)को स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई प्रहरीले बिहीवार सर्वोच्च अदालतमा उपस्थित गराएको छ । पक्राउ परेका विश्वकर्मालाई गैरकानूनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै उनका छोरा नरेन्द्र बहादुर विश्वकर्माले आइतवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । कायममुकायम प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले तीन दिन अगाडि उनलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएका थिए । विश्वकर्मालाई अदालतमा उपस्थित गराएपछि सर्वोच्चले सुनुवाईका लागि पेशी तोक्ने तयारी गरेको छ । प्रहरीले अहिले उनलाई अदालतमा ल्याएको लिखित जवाफ फाँटमा दर्ता गराउने कार्य गरिरहेको छ । सर्वोच्च प्रशासनबाट थाहा भए अनुसार चिया समयपछि प्रकाण्डलाई छाड्ने वा नछाड्ने विषयमा इजलाशमा बहस हुने छ । कानून विपरित विभिन्न व्यक्ति तथा संस्थासँग ७ करोडभन्दा बढी चन्दा असुल गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रकाण्डको रिहाईको माग गर्दै नेकपाले बुधवार नेपाल बन्दको आव्हान समेत गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)