ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीईओ ज्ञवालीको पदबहाली : ‘पुनर्निर्माणमा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण’

Aug 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बिहीवार पदभार ग्रहण गरेका छन् । प्राधिकरणमा ज्ञवालीको यो दोस्रो नियुक्ति हो । तत्कालीन एमाले–माओवादीको संयुक्त सरकार छँदा उनी पहिलोपटक प्राधिकरणको सीईओमा नियुक्त भएका थिए । बिहीवार सिंहदरबारमा पदबहाली गर्दै सीईओ ज्ञवालीले आफ्नो कार्यकालमा पुनर्निर्माणको बाँकी काम तीव्ररूपमा अघि बढाइने प्रतिबद्धता गरे । ‘हामी पछि फर्किने अवस्था छैन,’ उनले भने, ‘त्यसैले सम्पूर्ण स्रोतसाधन परिचालन गरेर प्राधिकरणले बाँकी कामलाई निरन्तरता दिनेछ ।’ ज्ञवालीले पुनर्निर्माणका लागि वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए । यद्यपि, स्थानीय निकाय तथा अन्य सरोकारवालाहरूसँगको सहकार्यमा प्राधिकरणले पुनर्निर्माणको कामलाई गति दिइने उनको भनाइ छ । आफ्नो पहिलो कार्यकालमा पुनर्निर्माणलाई शून्यबाट शुरू गरेर एउटा चरणमा पुर्‍याएको दाबी गर्दै उनले सोही अनुभवका आधारमा अबका कामले मूर्त रूप लिने धारणा राखे । ‘अहिले स्थायी सरकार भएकाले पनि काममा पहिलेभन्दा बढी सहज हुन्छ,’ उनले भने । सांस्कृतिक तथा प्राचीन सम्पदा पुनर्निर्माणको सन्दर्भमा उनले ऐन, नियम, विधि तथा प्रक्रियामा रहेरै काम सम्पन्न हुने तर्क गरे । प्राधिकरणको हालसम्मको प्रगति केपी ओली नेतृत्वको सरकारले सोमवार पुनर्निर्माण प्राधिकरणको पाँचमहीने प्रगति प्रतिवेदन प्रकाशित गरेको छ । उक्त प्रतिवेदनमा सरकारले पुनर्निर्माणमा नतीजामुखी काम गरेको दाबी गरिएको छ । साथै, सम्पदा पुनर्निर्माणसहित नेपाली सेनाका ९० ब्यारेकमध्ये ४५ ओटा वर्तमान सरकार गठनपछि निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । प्राधिरणमा पाँचपटक नेतृत्व परिवर्तन भए पनि भूकम्पपीडितले भने अझै सहज रूपमा राहत रकम पाउन नसकिएको गुनासो गरेका छन् । तर, नवनियुक्त सीईओ ज्ञवालीले विगतबाट पाठ सिकेर कार्ययोजनासहित प्राधिकरणले काम गर्ने दाबी गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)