ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पञ्जीकृत नहुने सवारीको रूट परमिट रोकिने

Aug 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । मुलुकमा अधिंकाश सवारी पञ्जीकृतविनै सञ्चालनमा रहेका छन् । यातायात व्यवस्था विभागका अनुसार हाल मुलुकमा ३ लाख यातायात सञ्चालनमा रहे पनि अधिकांश सवारी पञ्जीकृत छैनन् । विभागका प्रवक्ता तुलसीराम अर्यालले पञ्जीकरणविना सञ्चालनमा आएका सवारीको सङ्ख्या ठूलो रहेको जानकारी दिए । विभागले यातायातका कार्यालयहरूमा दर्ता हुन पटकपटक व्यवसायीलाई ताकेता गरे पनि उनीहरूले चासो दिएका छैनन् । सरकारले गत चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधन गरी अनिवार्य रूपमा पञ्जीकृत हुनुपर्ने गरी निर्देशिका ल्याएको थियो । निर्देशिका आएको महीनौं बिते पनि न्यून मात्र सवारी पञ्जीकृत भएका छन् । अर्यालले भने, ‘हामीले सोचेअनुरूप पञ्जीकृत हुने सवारीको सङ्ख्या बढ्न सकेको छैन, पञ्जीकृत हुनेको सङ्ख्या न्यून छ ।’ सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ मा यातायात सेवाको नाम पञ्जीकृत नगरी सञ्चालन हुन नपाइने व्यवस्था छ । हाल साझा यातायात, मयूर यातायातलगायत थोरै मात्रामा यातायात व्यवसायीले आप्mना गाडी पञ्जीकरण गराएका छन् । यातायात व्यवसायीले पञ्जीकरणमा चासो नदेखाएपछि विभागले पुनः सूचना जारी गर्दै मङ्सिर मसान्तभित्र यातायात कार्यालयहरूमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागका अनुसार यो अवधिमा पञ्जीकृत हुन आलटाल गर्ने यातायात व्यवसायीको रूट परमिट रोक्ने विभागको तयारी छ । अर्यालले भने, ‘बारम्बार ताकेता गरे पनि सुनुवाइ भएको छैन, यही अवस्था रही रहे रूट परमिट रोकिनेछ ।’ विभागका अनुसार कम्पनीमा दर्ता हुनसमेत सबै यातायात व्यवसायीलाई विभागले पत्राचार गरिसकेको छ । आलटाल गर्ने व्यवसायीको रूट परमिट खारेज गर्ने विभागको तयारी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)