ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालिगण्डकी उर्लिदा भुरुङको तातोपानी कुण्ड डुब्यो, बेनी—जोमसोम सडक खुल्न एकसाता लाग्ने

Aug 18, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
भदौ २, म्याग्दी । कालिगण्डकीले धार परिवर्तन गर्दा उत्तरी म्याग्दीको भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्ड आसपासको क्षेत्र डुवानमा परेको छ । अन्नपूर्ण गाउँपालिका २, भुरुङ तातोपानी कुण्डमा कालिगण्डकीको पानीको सतह बढेपछि त्यहाँको संरचना डुबानमा परेको गाउँकार्यपालिका सदस्य आत्म तुलाचनले बताए । ‘आसपासका क्षेत्रमा पानीको सतहले थप डुबानको खतरा छ, ‘विगतमा पनि यस्तै समस्या भोग्नुपरेको थियो’ तुलाचनले भने । उनका अनुसार पानीको सतह वढेपछि भुरुङ–तातोपानि मिट सप्लायर्स एण्ड फ्रेश हाउस र तातोपानि ब्लक उधोगमा क्षती पुगेको छ । डुवान क्षेत्रको वडा अध्यक्ष ओमप्रसाद फगामी लगायतको अवलोकन गरी गाउँपालिकालाई जानकारी गराइसकेका छन् । नदीको सतह ह्वात्तै बढेपछि सोही आसपासमा रहेको खेलकुद मैदानलाई समेत क्षती पु¥याएको थियो । कुण्डमा समेत पानीको सतह बढेको छ । कुण्डबाट बाहिरिने पानी बालुवाले बन्द भएपछि कुण्डमा समेत थप क्षतीको सम्भावना रहेको स्थानीयको भनाई छ । उत्तरी म्याग्दीमा नदीको कटानले सडक समेत अवरुद्ध छ । कालिगण्डकीको कटान र माथीबाट खस्ने पहिरोले उत्तरी क्षेत्र अस्तब्यस्त भएको छ । यता गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले सम्भावित क्षतिका बारेमा जानकारी लिएका छन् । उनका अनुसार मानवीय क्षतिको सम्भावना नभएकाले आसपासमा रहेका बस्तीका जनतालाई सतर्कता अपनाउन अपिल गरेका छन् । उत्तरी म्याग्दीका तटिय क्षेत्रमा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ । तीन दिनदेखि अवरुद्ध बेनी—जोमसोम सडक खुल्न एकसाता लाग्ने मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको घाँसादेखि अगाडी कालिगण्डकी र थापलाङखोलामा आएको बाढीले दर्जनौँ ठाउँमा पहिरो खसेपछि उक्त सडकखण्ड तीनदिन देखि अवरुद्ध बनेको छ । केहि दिनदेखि परेको अविरल वर्षाका कारण ७६ किलोमिटर दूरीको सडकको बेनीदेखि घाँसा खण्डमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र पर्नसक्ने हुंदा त्यहाँका स्थानीय र प्रशासनले केहि समयका लागि यात्रा नर्गन अनुरोध गरेका छन् । यातायात सूचारु गर्न करीव एक साता लाग्ने अनुमान गरिएको छ । म्याग्दी र मुस्ताङको सिमाना घाँसा, थापलाङखोला नजिकका वस्तीहरु पनि जोखिममा रहेको मुस्ताङबाट युवा समाजसेवी अविनाश गौचनले जानकारी दिए । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)