ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रासायनिक मल ढुवानी : समस्या हल गर्न भारत सहमत

Aug 19, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । पछिल्लो समय नेपालमा भारतबाट आयात हुने मल ढुवानीमा देखिएको समस्या हल गर्न भारत सहमत भएको छ । नेपाल–भारत कृषि कार्य समूहको हालै सम्पन्न बैठकमा नेपालले सहज रूपमा मल उपलब्ध गराउन आग्रह गरेपछि समस्या समाधानमा भारत सहमत भएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार ढुवानीको समस्या हल गर्न तत्काल थप नाका र रेल्वेको प्रयोग गर्न दुई देश सहमत भएका छन् । हाल रासायनिक मलको ढुवानी रक्सौल नाकाबाट हुँदै आएको छ । बैठकमा यस अतिरिक्त जोगवनी तथा नेपालगञ्ज रोड नाकाबाट पनि मल उपलब्ध गराउन नेपालले आग्रह गरेको थियो । नेपालको प्रस्तावमा भारत सहमत देखिएको मन्त्रालयको भनाइ छ । बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने, ‘नेपालको सुनौली, जोगवनी, रूपडिया नाकाबाट सहज रूपमा मल आयात गर्न भारत सहमत देखिन्छ ।’ मल आयातमा देखिएका विद्यमान समस्या समाधानका निम्ति विशाखापत्तनम् बन्दरगाहको प्रयोग सुनिश्चित गर्न समेत भारत सकारात्मक देखिएको छ । मल र सोको प्याकेजिङ सामग्री लगायतमा लाग्दै आएको कर छूटका विषयमा समेत बैठकमा छलफल भएको थियो । यसबारे भारतमा उत्पादित मलखादहरू नेपालमा सहज रूपमा उपलब्ध गराउन भारतीय पक्षले त्यहाँका सरकारी निकायलाई सहजीकरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकासका लागि उच्च शिक्षामा सहकार्य, कृषि अनुसन्धान तथा प्राङ्गारिक कृषि प्रवद्र्धनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)