ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरपकडविरुद्ध तरकारी व्यवसायी : बजार खुल्ने, आन्दोलन यथावत्

Aug 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीले बुधवारदेखि तरकारी बजार खुल्ने तर आफ्नो आन्दोलन यथावत् रहने बताएका छन् । कृषकलाई मर्का पर्ने र तरकारी कुहिने समस्याका कारण पनि बजार खुल्ने नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए । सोमवार अनुगमनका क्रममा सरकारले धरपकड गरेको विरोधमा कालीमाटीका तरकारी व्यवसायीले मङ्गलवार कारोबार ठप्प पारेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोलीले विना कारण तरकारी बोकेका दुई गाडीसहित कालीमाटी तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष भरतप्रसाद खतिवडा र अर्का व्यवसायी विमल ढुङ्गानालाई पक्राउ गरेको विरोधमा व्यवसायीले कारोबार ठप्प पारेका हुन । अन्य दिनमा ६ सय ५० टन तरकारी भित्रने गरेको कालीमाटीमा मङ्गलवार सय टनमात्रै तरकारी भित्रिएको आपूर्ति विभागले बताएको छ । महासङ्घको आह्वानमा कारोबार बन्द गरिएको घिमिरेले जानकारी दिए । उनले अत्यावश्यक वस्तुअन्तर्गतको तरकारी तथा फलफूलको कारोबार बन्द गर्ने नियत नभएको बताए । राज्यको धरपकडविरुद्ध एक दिन मात्रै बजार बन्द गरिएको उनले जानकारी दिए । उनले भने, ‘सरकारको नियतमा खोट देखिएकाले कारोबार बन्द गरेका हौं । नियमति गर्न कुनै समस्या छैन ।’ उनका अनुसार व्यवसायीका मागहरू भने यथावत् राखिएको छ । अध्ययन समिति गठन तरकारीको बजार व्यवस्थापन गर्न भन्दै सरकारले समस्या समाधानका लागि समिति गठन गरेको छ । कृषि र आपूर्ति मन्त्रालयको संयुक्त बैठकले आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा समिति बनाइएको हो । सो समितिले केही दिनभित्रै ठोस रूपमा तरकारीको बजार व्यवस्थापनका लागि के–के गर्ने भन्ने सम्बन्धमा प्रतिवेदन तयार गर्नेछ ।
व्यवसायीका मागहरू
  • होलसेल बजारको मापदण्ड तयार गर
  • उपत्यकामा किनबेचका लागि ‘ठूलो मार्केट’ स्थल बनाऊ
  • अनुगमनका नाममा धरपकड नगर
  • कृषि बजार ऐन तत्काल जारी गर
  • बाह्य मुलुकबाट तरकारी ल्याउन बन्द गर
  • तरकारी फलफूल निर्यातका लागि बाटो खुलाऊ
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)