ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी आयोजना : ‘निर्धारित समयभित्रै पानी वितरण गर’

Aug 29, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । पूर्वनिर्धारित समयमै मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गरी पानी वितरण गर्न सरकारलाई दबाब दिइएको छ । प्रतिनिधि सभा, विकास समितिको मङ्गलवारको बैठकले निर्धारित समयमै पानी वितरण गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । मेलम्चीको काम सक्ने निर्धारित मिति बारम्बार परिवर्तन हुँदा सम्बन्धित निकायको विश्वसनीयता तथा कार्यसम्पादनप्रति आशङ्का बढेको समितिको ठहर छ । समितिका अनुसार आयोजनाको हेडवक्र्स र सुरुङभित्रको फिनिसिङको काम अझै बाँकी छ । निर्माण कम्पनीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनमा तत्काल सुधार ल्याउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरूले मेलम्चीको पानी वितरण प्रणालीमा आइसकेपछि उत्सर्जित पानी व्यवस्थापन क्षमताबारे समेत प्रश्न उठाएका थिए । उनीहरूका अनुसार कतिपय विज्ञले मेलम्चीको पानी आएपछि काठमाडौंमा पानीका ढल अव्यवस्थित हुने बताउँदै आएका छन् । यद्यपि, यसको व्यवस्थापनबारे मन्त्रालयको कुनै योजना छैन । समितिको बैठकले वर्तमान ढलको क्षमता, सम्भावित उक्त समस्याको समाधानका लागि मन्त्रालयको योजना, वार्षिक कार्यक्रम एवम् दीर्घकालीन कार्ययोजनासम्बन्धी जानकारी १५ दिनभित्र समितिलाई उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले स्वच्छ खानेपानीको विद्यमान माग सम्बोधन गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी पानीको स्रोतको पहिचान, वितरण प्रणाली, दीर्घकालीन माग, स्रोतको प्रक्षेपण र त्यसका लागि आवश्यक पर्ने रणनीतिक कार्ययोजनाबारे विस्तृत अध्ययन गर्न मन्त्रालयलाई भनिएको छ । काठमाडौं उपत्यकाका धारामा आउने पानी गुणस्तरहीन भएको विषयसमेत समितिको बैठकमा उठाइएको थियो । त्यस सम्बन्धमा निर्णय गर्दै समितिले पिउनयोग्य पानीको मापदण्ड बनाउन वा पानी कम्पनीहरूले नेपाल गुणस्तर चिह्न लिनुपर्ने व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । यसैगरी काठमाडौंवासीको पानीको माग पूरा गर्न मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप्ने सम्बन्धमा आईई, ईआईए, डीपीआरलगायत काम तीव्ररूपमा अघि बढाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)