ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यात्रु र सवारीसाधन डुङ्गाबाटै ओहोरदोहोर, निर्माणाधीन पुल समयमा बनेन

Aug 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

भदौ १४, रौतहट । रौतहटको गढिमाई नगरपालिकाका स्थानीय बागमती नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका स्थानीयलाई गाईवस्तुका लागि घाँस लिन, खेलमा लगाइएको बालीको हेरचाह गर्नलगायतका कामका लागि छिमेकी जिल्ला सर्लाही पुग्ने गर्दछन् । यसका लागि समनपुरमा पर्ने बागमती नदी तर्न अरु विकल्प नहुँदा डुङ्गामार्फत जोखिपूर्ण यात्रा गर्नु परिरहेको स्थानीय बताउँछन् ।

समनपुर तथा आसपासमा पटक–पटक डुङ्गा दुर्र्घटना भइरहको स्थानीय रञ्जित दास बताउँछन् । डुङ्गामा क्षमताभन्दा बढी यात्रु र सवारीसाधन समेत लोड हुने गरेकाले दुर्घटनाको जोखिम बढ्ने उनको भनाइ छ । बागमती नदीको रमौली, समनपुर, टोकारघाट, धमरपुर, हरैया, बडहर्वा, गढौ, पिपरा, लक्ष्मीपुर, बसतपुर, कडवानाघाट लगायतका स्थानमा काठका डुङ्गाहरु सञ्चालन भैरहेका छन् । यस्तै लालबकैया नदीको बञ्जारहा, टिकुलिया, बलुवाघाटमा डुङ्गा सञ्चालनमा छन् ।

आपतकालिन अवस्थामा अपनाउनु पर्ने सतर्कता र डुङ्गाका चालकलाई दक्ष बनाउन कुनै निकायले तालीम समेत नदिएका कारण कुनै पनि समय दुर्घटना हुनुसक्ने भएकाले सतर्क भएर बस्नुपर्ने अवस्था रहेको नेपाल रेडक्रस सोसाईटी चन्द्रपुर उपशाखाका सभापति श्रीकृष्ण अधिकारी बताउँछन् । डुङ्गामा सवार हुँदा लाईफ ज्याकेट अनिवार्य लगाउनुपर्छ । तर सावधानी र सतर्कता बिना नै क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुँदा दुर्घटनाको जोखिम उच्च रहेको उनको भनाइ छ ।

यसअघि जिल्ला विकास समितिले ति घाटहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्का लगाउने गरेकामा अहिले स्थानीय तहले ठेक्का लगाउने गरेका छन् ।

५ पुल निर्माणाधीन बाग्मति नदीमा चारओटा र लालबकैया नदीमा एक ओटा गरी पाँच ओटा पुल निर्माणाधीन अवस्था छन् । दुर्गा भगवती गाउँपािलकाको बडहर्वा र पिपरा, गढीमाई नगरपालिकाको सिङारमन र समनपुरमा तथा लालबकैयाको गौर नगरपालिका अन्तर्गत टिकुलियामा पुल निर्माणधीन अवस्थामा छ । निर्माण कम्पनीले समयमा पुल निर्माण नगर्ने र म्याद थप्ने गरेकाले थप समस्या उत्पन्न भएको स्थानीय बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)