ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२०२० मा नेपालले ‘बिमष्टेक पर्यटन कनक्लेभ’ आयोजना गर्दै, नेपाल पर्यटन वर्षलाई सघाउ पुग्ने

Sep 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
भदौ १६, काठमाडौं । नेपालमा सम्पन्न चौथो बिमष्टेक सम्मेलनले सन् २०२० मा नेपालमा ‘बिमष्टेक पर्यटन कनक्लेभ’ गर्ने निर्णय गरेको छ । यो निर्णयले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग मिल्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल सरकारले समेत सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि सरकारले विभिन्न चरणमा काम समेत अगाडी बढाएको छ । यस्तै सम्मेलनले ‘बुद्धिष्ट सर्किट’को अवधारणलाई मूर्तरुप दिने समझदारी समेत गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्ने भएकाले यो अवधारणा कार्यान्वयन गर्न सकिए नेपालले फाईदा लिन सक्छ । यस्तै हिमालहरुको देश नेपालले ‘माउण्टेन इकोनोमि’को अवधारणाबाट पनि नेपालको पर्यटनले फाइदा लिन सक्छ । यसै वर्ष नेपालमा आयोजना गरिएको प्यासिफिक एशिया ट्राभल एशोसियशनले नेपाललाई गेट वे अफ हिमालयको रुपमा ब्राण्डिङ गरेको थियो । ‘माउण्टेन इकोनोमि’को यो अवधारणाबाट नेपालले फाइदा लिन सक्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)