ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिमष्टेकको चौथो शिखर सम्मेलन सम्पन्न : ऊर्जा प्रसारण लाइन विस्तारमा सहमति

Sep 2, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमष्टेक)को चौथो शिखर सम्मेलनमा अन्तरदेशीय ऊर्जा प्रसारण लाइन (बिमष्टेक ग्रीड इण्टरकनेक्शन) स्थापनामा सहमति भएको छ । सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै शुक्रवार सम्पन्न भएको छ । उक्त सम्झौताले बिमष्टेकका सदस्य देशबीच ऊर्जा आदानप्रदानको बाटो खोल्नेछ । सम्मेलनले १९९७ मा जारी बिमष्टेकको बैङ्कक घोषणापत्रको कार्यान्वयनमा जोड दिँदै दिगो विकासको एजेण्डा २०३० लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । गरीबी निवारण यस क्षेत्रको विकासको मुख्य चुनौती भएको भन्दै यसका विरुद्ध साझा रणनीति बनाएर अघि बढ्न सदस्य राष्ट्र सहमत भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सम्मेलनले सन् २०१४मा म्यान्मामा भएको तेस्रो सम्मेलनपछिका कार्य प्रगतिको समीक्षा गर्दै विभिन्न निर्णयहरू गरेको छ । नेपालले बिमष्टेक ‘पर्यटन कन्क्लेभ’ गर्ने सम्मेलनले सन् २०२०मा नेपालमा ‘बिमष्टेक पर्यटन कन्क्लेभ’ गर्ने निर्णय गरेको छ । यो निर्णयले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग मिल्ने सरोकारवालाले बताएका छन् । नेपाल सरकारले समेत २०२० लाई ‘नेपाल पर्यटन वर्ष’ घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि सरकारले विभिन्न चरणमा कामसमेत अगाडि बढाएको छ । सम्मेलनले ‘बुद्धिष्ट सर्किट’को अवधारणालाई मूर्तरूप दिने समझदारीसमेत गरेको छ । रक्सौल–काठमाडौं रेल सम्झौतामा हस्ताक्षर बिमष्टेक सम्मेलनको अवसरमा नेपाल र भारतबीच रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्वेका विषयमा समझदारी भएको छ । द्विपक्षीय वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । पत्रमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी तथा भारतका तर्फबाट नेपालका लागि राजदूत मञ्जीवसिंह पुरीले हस्ताक्षर गरेका छन् ।

 
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)