ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माथिल्लो कर्णालीको ५ सय मेवा बिजुली बङ्गलादेशले किन्ने

Sep 9, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५ सय मेगावाट विद्युत् बङ्गलादेशले खरीद गर्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद् बैठकले माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने निर्णय गरेको हो । ९ सय मेगावाट क्षमताको सो आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जीएमआर) हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बङ्गलादेशको भ्रमणमा रहेका बेला उनलाई त्यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेको बताए । ऊर्जामन्त्री शनिवार स्वेदश फर्किसकेका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार जीएमआरले आयोजनाको विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् निगमलाई विक्री गर्ने र उसले बङ्गलादेशमा विक्री गर्न लागेको बताइएको छ । जीएमआरले माथिल्लो कर्णालीको विद्युत् विक्रीका लागि बजार सुनिश्चित गर्न नसक्दा अहिलेसम्म वित्तीय व्यवस्थापन गर्न सकिरहेको छैन । लगानी बोर्डले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दोस्रोपल्ट थपेको म्याद आगामी असोज २ गते सकिँदै छ । तोकिएको समयमा लगानी जुटाउन नसकेपछि लगानी बोर्डले आयोजनाको म्याद थप्दै आएको छ । आयोजनाको अनुमानित लागत १ खर्ब ५० अर्ब रुपैयाँ (१ अर्ब ५० करोड अमेरिकी डलर) छ । ऊर्जामन्त्रीको सचिवालयका अनुसार भ्रमणकै क्रममा भएको द्विपक्षीय भेटवार्तामा हमिदले ऊर्जामन्त्रीसँग सुनकोशी–२ र सुनकोशी–३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन प्रस्ताव राखेको बताइएको छ । यसबारेमा छलफल गर्न सकिने ऊर्जामन्त्री पुनले सो क्रममा बताएका थिए । यसैबीच, ऊर्जामन्त्रीको सचिवालयका अनुसार हमिदले बङ्गलादेश सरकारले सन् २०४० भित्र ९ हजार बिजुली नेपालबाट आयात गर्ने नीति लिएको जानकारीसमेत ऊर्जामन्त्रीलाई दिएका छन् । त्यस्तै, नेपालको अनारमनी र बङ्गलादेशको बन्दरगाह नजीकको विन्दुमा ग्रीड कनेक्शनका लागि भारतसँग त्रिपक्षीय साझेदारीका लागि पहल गर्ने विषयमा समेत दुवै पक्षबीच गम्भीर छलफल भएको छ । नेपाल बङ्गलादेशबीच भएको ऊर्जाक्षेत्रको सहकार्यसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन गरिएको छ । नेपालले यसअघि नै समितिमा रहने पदाधिकारी छनोट गरिसकेको थियो । बङ्गलादेशले पनि समितिमा रहने पदाधिकारीको टुङ्गो लगाइसकेको बुझिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)