ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक गणनाको प्रारम्भिक नतिजा सार्वजनिक : ९ लाख २२ हजार औद्योगिक प्रतिष्ठानमा ३४ लाख रोजगार

Sep 13, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
भदौ २८, काठमाडौं । देशभर औद्योगिक प्रतिष्ठानको सङ्ख्या ९ लाख २२ हजारभन्दा माथि रहेको पाइएको छ । केन्द्रिय तथ्याङ्क विभागले पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरी सार्वजनिक गरेको तथ्याङ्कमा त्यस्ता प्रतिष्ठानको सङ्ख्या ९ लाख २२ हजार ४ सय ४५ पुगेको जानकारी दिएको हो । विभागका अनुसार ती प्रतिष्ठानहरुमा सक्रिय रुपमा संलग्न जनशक्ति ३४ लाख ८ हजार ७ सय ४६ रहेका छन् । जसमध्ये पुरुषको सङ्ख्या २० लाख ४४ हजार ९ सय ८९ छ भने महिलाको सङ्ख्या १३ लाख ६३ हजार ६ सय ५७ छ । तथ्याङ्कमा सरदरमा एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत रहेको तथ्याङ्कमा उल्लेख छ । यसले महिला सशक्तिकरणलाई समेत माथि उठाएको देखिन्छ । विभागका अनुसार दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई सो गणनामा समावेश गरिएको छ । प्रदेशगतरुपमा प्रदेश नं ३ मा ३० दशमलब ०६ र कर्णाली प्रदेशमा ६ दशमलव शून्य प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । जिल्लातर्फ तराईका जिल्लामा बढी र पहाडी जिल्लामा औद्योगिक प्रतिष्ठान कम छन् । सबैभन्दा धेरै काठमाडौंमा १४ प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । काठमाडौं महानगरपालिकामा ८ दशमलब शून्य ६ प्रतिशत यसको वितरण देखिन्छ भने सबभन्दा कम मनाङमा ४ सय ८७ प्रतिष्ठान छन् । काठमाडौंपछि झापा, रुपन्देही, मोरङ, सुनसरी, कास्की र चितवनमा तुलनात्मकरुपमा बढी औद्योगिक प्रतिष्ठान छन् । नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरु समावेश गरिएको यस प्रकारको आर्थिक गणना पहिलो हो । गत वैशाख १ गतेदेखि जेठ मसान्तसम्म मुलुकभर गणना गरिएको थियो । सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई (वस्तु तथा उत्पादन) को विवरण गणनामा समावेश छ । अन्तर्राष्ट्रियस्तरीय औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलापलाई समेटिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)