ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्वाचन क्षेत्रमा सांसदलाई रू. ४ करोड : कार्यक्रम रोकियो, सांसद असन्तुष्ट

Sep 18, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को घोषणा गरे । सांसदलाई खुशी पार्न भन्दै अर्थमन्त्रीले सो कार्यक्रममार्पmत प्रत्येक निर्वाचन क्षेत्रमा जनही रू. ४ करोडका दर विनियोजन गरे । तर, सो कार्यक्रम हालसम्म पनि अघि बढ्न सकेको छैन । बजेट आएको महीनौं बिते पनि सम्बन्धित मन्त्रालयले समयमै कार्यविधि नल्याउँदा सो कार्यक्रम रोकिएको हो । सरकारले बजेटमा आएका कार्यक्रम लागू गर्न कार्यविधि बनाउँछ । तर, त्यही कार्यविधि बन्न महीनौं लागेपछि सो कार्यक्रम आउँदा खुशी देखिएका सांसद्हरू यतिबेला बेखुशी छन् । सरकारी कार्यशैलीको सांसदहरूले तीव्र आलोचना गर्न थालेका छन् भने सरकार भने बचाउमा उत्रेको छ । सरकारले ल्याएको उक्त कार्यक्रमको छनोट तथा अनुगमन तीनै तहका जनप्रतिनिधिले गर्न पाउने उल्लेख छ । कार्यक्रमअन्तर्गत एउटा निर्वाचन क्षेत्रमा शुरू भएका कार्यक्रम ३ वर्षभित्र सम्पन्न हुनुपर्ने बजेटमा उल्लेख छ । सो कार्यक्रमभित्र सांसदहरूले सडक, खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी बढीमा पाँचओटा आयोजना सञ्चालन गर्न सक्नेछन् । तर, सांसदहरू यसको दायरा कार्यविधिमार्फत फराकिलो बनाउनुपर्ने बताउँछन् ।
‘जनतालाई म के जवाफ दिऊँ ?’ महेश्वरजङ्ग गहतराज सांसद, नेकपा स्थानीय तहमा आवश्यक पूर्वाधारको विकासका निम्ति भन्दै सङ्घ, प्रदेश, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको समन्वय र सहजीकरणमा बजेटमार्पmत ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ ल्याइयो । अर्थमन्त्रीले कार्यक्रम ल्याउँदा जनप्रतिनिधिको प्रत्यक्ष रोहवरमा गाउँठाउँको विकास गर्न पाइने भयो भनेर त्यो बेला हामी सांसद निकै खुशी भयौं । बजेट आएको ४ महीना हुन लाग्यो तर लागू गर्ने कुनै सुरसारै छैन । मेरो निर्वाचन क्षेत्रका जनताले बारम्बार सोध्छन्, सांसदज्यू, खै त बजेटमा आएको कार्यक्रम ? कि तपाईंको खल्तीमा गयो ? म मेरा जनतालाई काम हुँदै छ भन्दाभन्दै थाकिसकेँ तर बजेटमार्फत ल्याइएको एउटा कार्यक्रम लागू गर्न अहिलेसम्म कार्यविधि बनेको छैन । एउटा कार्यविधि बनाउन महीनौं लाग्छ भने यो तरीकाले बजेट कहिले कसरी कार्यान्वयन हुन्छ ? जनताले विकासको अनुभूति हामीबाट कसरी गर्छन् ? हाम्रो काम गर्ने कार्यशैली, संयन्त्र कस्तो हो ? म आफै अनुत्तरित छु । यो कुरा मैले संसद्मा पनि जोडदार उठाएको छु । आशा छ, छिट्टै कार्यविधि बन्नेछ र कार्यक्रम लागू हुनेछ । ‘सांसदहरूलाई निराश बनाउने नियत होइन’ सुरेश अधिकारी, सहसचिव सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरकारले बजेटमार्फत ल्याएका हरेक कार्यक्रम सफल बनाउने दायित्व मन्त्रालयको हुन्छ । हामी आफ्नो दायित्वबाट पछि हटेका छैनौं । कार्यविधि कस्तो बनाउने, त्यसको मापदण्ड के रहने भन्ने विषयमा बहस गर्नुपर्ने भएकाले सांसदमार्फत सञ्चालनमा रहने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को कार्यविधि बन्न ढिलाइ भएको हो । बजेटबाट आएको कार्यक्रम लागू नगरी सांसदहरूलाई निराश बनाउने नियत हाम्रो हुँदै होइन । कार्यक्रम लागू गर्न मन्त्रालय दृढ छ । मन्त्रालयमा कार्यविधिका विषयमा लामो छलफल भएकै हो । यो छलफललाई गलत अर्थमा बुझिदिनु भएन । हामीले प्रक्रिया पूरा गर्नु नै पर्छ । अहिले कार्यविधिको प्रारम्भिक ड्राफ्ट बनिसकेको छ । रायका निम्ति सङ्घीय मामिलाले कानून मन्त्रालयमा पठाइसकेको छ । कानून मन्त्रालयबाट आएको ड्राफ्टलाई अन्तिम रूप दिएर छिट्टै मन्त्रिपरिषद्मा पेश गर्नेछौं । मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यक्रम लागू हुनेछ । राज्य भनेको जनतालाई विकासको अनुभूति दिनकै निम्ति बनेको निकाय हो । जनतालाई विकासको अनुभूति दिन हामी प्रतिबद्ध छौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)