ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्षेत्रीय आयुर्वेदिक अस्पतालको भौतिक प्रगति ३५ प्रतिशत

Sep 18, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

असोज २, धनगढी । कैलालीको धनगढीमा निर्माणाधीन क्षेत्रीय आयुर्वेदिक अस्पताल निर्माणको भौतिक प्रगति ३५ प्रतिशत पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । ६ महीना अघि निर्माण शुरु भएको उक्त अस्पतालको भौतिक प्रगति अपेक्षाकृत देखिएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीमार्फत सो अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । भौतिक पूर्वाधारअन्तर्गत अस्पताल भवन निर्माणका लागि गत असारमा ४ करोड रुपैयाँ प्राप्त गरेको निर्माण कम्पनीले त्यसपछि भुक्तानी नपाउँदा निर्माण कार्यमा समस्या भएको गुनासो गरेको छ ।

उक्त अस्पतालको कार्यान्वयन गर्ने निकाय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय खारेजीमा परेपछि भुक्तानी लिन निर्माण कम्पनीलाई समस्या परेको छ । ५० शैयाको क्षेत्रीय आयुर्वेद अस्पताल धनगढी उपमहानगरपालिका–१३ राजपुरमा करीब १६ करोड रुपैयाँ लागतमा निर्माण गरिन लागेको हो । निर्माणले अपेक्षाकृत गति लिइरहेको अवस्थामा भुक्तानी पर्याप्त नपाउनु तथा सम्बन्धित निकाय खारेजीमा पर्नुले अन्यौलता बढेको इञ्जिनियर शालिकराम उपाध्यायले बताए ।

धनगढीमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माणका लागि यहाँका नागरिकले लामो समय सङ्घर्ष गरेका थिए । गत अबदेखि औपचारिक रुपमा निर्माण थालिएको उक्त अस्पताल साढे दुईतले भवनका चारओटा ब्लकमध्ये पहिलो तला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पर्खालको काम सकिएको अवस्थामा पिल्लर, प्लाष्टर र ढलानको काम धमाधम भईरहेको छ । अबको एक महीनाभित्रै पहिलो तलाको काम पुरा गर्ने गरी काम भइरहेको बताइएको छ ।

यसअघि आयुर्वेद अस्पतालको काम र प्रगति शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले हेर्दै आएको थियो । हाल उक्त कार्यालय खारेजीमा परेपछि अन्यौलता बढेको निर्माण कम्पनीको भनाई छ । जग्गा प्राप्तिमा विवाद भएपछि लामो समयदेखि अलपत्र परेको क्षेत्रीय आयुर्वेदिक अस्पताल निर्माणको काम थाल्न केहि समय रुख भएका कारण कठिनाई भएको थियो । १३ जना विशेषज्ञ डाक्टहरुले स्वास्थ्य सेवा दिने गरी प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माणको काम अघि बढेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)