ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय सम्मेलन : ५ वर्षमा कृषि उत्पादकत्व दोब्बर

Sep 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौैं । सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्नका निम्ति रणनीति तथा अवधारणा तयार गर्न राजधानीमा अन्तरराष्ट्रिय सम्मेलन शुरू भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र, नेपाल कृषि प्रसार समिति र अन्तरराष्ट्रिय कृषि प्रसार समिति, हैदराबादको संयुक्त आयोजनामा बिहीवारदेखि शुरू भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । सो क्रममा ओलीले कृषिक्षेत्रको विकासका निम्ति सरकार संवेदनशील रहेको बताए । कृषिमा आधुनिकीकरण गर्न सरकारले ध्यान केन्द्रित गरेको बताउँदै उनले आगामी ५ वर्षमा कृषि उत्पादकत्व दोब्बर गरिने दाबी गरे । मुलुकको समृद्धि र आर्थिक विकासमा कृषिक्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उनले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाइने जानकारी दिए । प्रधानमन्त्री आधुनिक परियोजनाबाट विभिन्न क्षेत्रलाई जोन, सुपरजोन बनाई औद्योगिकीकरण गर्नेतर्पm सरकारले ध्यान केन्द्रित गरेको उनको भनाइ छ । कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले भूमि उपयोगअन्तर्गत भूमि एकीकरण र चक्लाबन्दीमार्पmत उत्पादन र उत्पादकत्वमा वृद्धिमा सरकारले जोड दिएको बताए । उनका अनुसार सार्क राष्ट्रको साझा दायित्वका आधारमा कृषिको समस्या समाधानका लागि पहल गर्न आवश्यक छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले ५ वर्षमा उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा गर्न कृषि विकास रणनीतिको कार्यान्वयनमा जोड दिइएको बताए । उनले कृषिलाई आधुनिक र व्यवसायीकरण नगरिएसम्म कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यसको योगदान बढाउन नसकिने तर्क गरे । असोज ७ गतेसम्म चल्ने सम्मेलनमा नेपाल, भूटान, भारत, बङ्गलादेश तथा श्रीलङ्काबाट कृषिक्षेत्रका नीति निर्माता, वरिष्ठ पदाधिकरी, प्राज्ञ किसान, कृषि प्रसार विज्ञ र विद्यार्थी गरी करीब ४ सय व्यक्तिको सहभागिता छ । सम्मेलनमा कृषि प्रसार सेवाका लागि नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायुअनुकूल र साना किसानसम्बन्धी विभिन्न विधामा कुल ८७ ओटा कार्यपत्र प्रस्तुत हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)