ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिमहीना १ लाख पर्यटकद्वारा नेपाल भ्रमण

Sep 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
असोज ६, काठमाडौं । सन् २०१८ मा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यो वर्ष जनवरीदेखि अगष्टसम्म प्रतिमहीना औसत १ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्कअनुसार ८ महीनामा ६ लाख ८० हजार ९ सय ९६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो । बोर्डका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हवाइमार्ग र अन्य ६ ओटा स्थलमार्ग भई आउने पर्यटकको सङ्ख्या करीब ७ लाख छ । यो अवधिमा ६ लाख ९ सय ९९ जना पर्यटक हवाइमार्गबाट र करीब ७१ हजार पर्यटक स्थलमार्गबाट आएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तथ्याङ्कअनुसार अगष्टमा मात्र त्रिभुवन विमानस्थलबाट ८७ हजार ६ सय ९७ जना पर्यटक नेपाल भित्रिएका छन् । यो अवधिमा भारत तथा चीनका साथै सार्क मुलुक, यूरोप, अमेरिका र बेलायतबाट आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको बोर्डले जानकारी दिएको छ । सन् २०१८ को ८ महीनामा नेपाल आउने पर्यटकको सङ्ख्या :-

स्रोत : नेपाल पर्यटन बोर्ड, काठमाडौं

विभागले दिएको तथ्याङ्कअनुसार जनवरीमा ५७ हजार ५ सय ५५ जना, फेबु्रअरीमा ६६ हजार १ सय ८५ र मार्चमा ९३ हजार २ सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै, अप्रिलमा ९८ हजार ६ सय ५०, मे महीनामा ६८ हजार २ सय २५, जुनमा ६५ हजार १ सय ५९, जुलाईमा ७३ हजार २ सय ८५ र अगष्टमा ८७ हजार ६ सय ७९ जना पर्यटक हवाइमार्गबाट नेपाल भ्रमण गरेका छन् । अगष्टमा सार्क मुलुकबाट करीब ४० हजार, सार्कबाहेक अन्य एशियाली मुलुकबाट करीब २० हजार, यूरोपबाट करीब १५ हजार, अमेरिकाबाट ६ हजार र बाँकी मुलुकबाट करीब १० हजार पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रूपमा घोषणा गर्दै विदेशमा प्रचारात्मक अभियान सञ्चालन गर्नुका साथै नेपालको पछिल्लो अवस्थाले गर्दा पर्यटक आगमन वृद्धि भएको बोर्डको धारणा छ । पर्यटक आगमन वृद्धि हुनु नेपालको पर्यटन तथा समग्र आर्थिक विकासका लागि सकारात्मक सन्देश भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । पर्यटकीय सम्पदाको पुनर्निर्माण तथा अन्य पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेको अवस्थामा पनि निरन्तर पर्यटक बढ्नुले अन्तरराष्ट्रिय जगतमा नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको उनले बताए । बोर्डले अहिले ‘पर्यटन वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न देशविदेशमा विभिन्न कार्यक्रम गर्दै आइरहेको बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)