ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई क्षेत्र सञ्चालन र नियमनका लागि छुट्टाछुट्टै निकाय

Sep 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालको उड्डयन क्षेत्रको नियमन र सञ्चालनका लागि दुई छुट्टाछुट्टै निकाय बनाइने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रवार बसेको बैठकले उड्डयन क्षेत्रको सञ्चालन तथा नियमनसम्बन्धी ऐन तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृतिसमेत दिएको छ । हाल नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रको नियमन तथा सेवा दुवै काम गर्दै आएको छ । सन् २००९मा अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को अडिट टोलीले नियमन र सञ्चालन फरकफरक निकायबाट गर्न सुझाव दिएको थियो । यस विषयमा पर्यटन मन्त्रालयले गठन गरेको कार्यदलले पनि नियमन र सञ्चालनको काम अलग गर्नुपर्ने गरी प्रतिवेदन बुझाएको थियो । आईकाओको सुझावपछि नेपाल सरकार र एशियाली विकास बैङ्कबीच हवाई क्षेत्र सुधारका लागि सन् २०१० मा ४२ करोड रुपैयाँको सम्झौतासमेत भएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । त्यसलगत्तै प्राधिकरणले सन् २०१२ मा हवाई क्षेत्रको नियमन र सञ्चालन अलग–अलग निकायबाट गर्न आवश्यक ऐन तथा नियमावली निर्माणका लागि तयारीस्वरूप स्पेनिस कम्पनी इमिकोसँग ४० करोड रुपैयाँमा सम्झौता गरेको थियो । इमिकोको सुझावअनुसार नै अहिलेको नीतिगत व्यवस्था हुन लागेको गौतमले बताए । सम्झौताअनुसार इमिकोले २०१५ मार्चमा प्रतिवेदन बुझाएको थियो । सोही मस्यौदालाई अन्तिम रूप दिन ऐन तर्जुमा गर्न दिने गरी अहिले सरकारले मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । विश्वका धेरै मुलुकमा हवाई क्षेत्रको नियमनकारी निकाय र सेवा प्रदायक अलगअलग भएकोले नेपालमा आवश्यक देखिएको गौतमको धारणा छ । एउटै निकायबाट दुई प्रकारका सेवा प्रवाह हुँदा स्वार्थ बाझिने हुँदा अलग गर्दा काम प्रभावकारी हुन सक्ने उनले बताए । निजीक्षेत्रका हवाई कम्पनीलाई अन्तरराष्ट्रिय उडानको अवसर निजीक्षेत्रका हवाई सेवा कम्पनीहरूले पनि अब अन्तरराष्ट्रिय हवाई सेवा सञ्चालन गर्न पाउने भएका छन् । सरकारले सोसम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । कार्यविधिका अनुसार आन्तरिकरूपमा हवाई सेवा सञ्चालन गरिरहेका सेवा प्रदायक कम्पनीहरूले अन्तरराष्ट्रिय क्षेत्रमा बजार तथा सेवा विस्तारका लागि काम गर्न सक्नेछन् । विभिन्न निजी कम्पनीहरूले आन्तरिक उडानको अनुभवको आधारमा अन्तरराष्ट्रिय उडानको लागि अनुमति पाउनु पर्ने माग गर्दै आएका थिए । तर, पूर्वाधारको विकास नगरी यो सबै काम गर्न भने गाह्रो हुने महानिर्देशक गौतमको धारणा छ । पूर्वाधार र उडान गर्ने विमान कम्पनीहरूको दिगोपन यसको लागि महŒवपूर्ण हुने उनले बताए । मन्त्रालयले यसअघि नै पनि अल्पाइन एयर र बीबी एयरलाई काठमाडौंलाई आधार मानेर अन्तरराष्ट्रिय उडान गर्ने अनुमति दिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)