ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ महीना नपुग्दै भन्सार मूल्याङ्कन बढ्यो

Sep 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । भारतसहित तेस्रो मुलुकबाट पैठारी हुने वस्तुको भन्सार मूल्य बढेको छ । गत जेठ १५ मा आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटमार्फत बढेको भन्सार मूल्याङ्कन ४ महीना नपुग्दै फेरबदल गरिएको हो । भदौमा सम्पन्न भन्सार व्यवस्थापन गोष्ठीमा भन्सार कार्यालयहरूले गरेको प्रस्ताव र विभिन्न निकायले गरेको सिफारिशका आधारमा नयाँ मूल्य कायम गरिएको भन्सार स्रोतले बतायो । स्रोतका अनुसार भारतबाट पैठारी गरिने झ्यालढोकाको अल्मुनियम पाताको मूल्य, घरमा लगाइने टायल, पेण्ट्सलगायतमा मूल्याङ्कन बढेको छ । जीवित भेंडा च्याङ्ग्रा, भेंडा च्याङ्ग्रा र बङ्गुरको ताजा मासु, ड्राई फिस र पाउडर दूधको भन्सार मूल्याङ्कन बढाइएको छ । बजेट आएको ४ महीना नपुग्दै भन्सार मूल्याङ्कन बढेपछि उद्योगी व्यवसायी त्रस्त बनेका छन् भने दशैंको बेला सामानहरू महँगिने देखिएको छ । भन्सार मूल्याङ्कन बढेको विषयमा भन्सार विभागका निर्देशक देवी भण्डारीले घुमाउरो पाराले भन्सार कार्यालयहरूबाट बढ्न सक्ने बताए । उनले भन्सार ऐन २०६४ को दफा १३ ले भन्सार मूल्याङ्कन गर्ने अधिकार भन्सार अधिकृतलाई दिएको बताउँदै भने, ‘अन्तरराष्ट्रिय मापदण्ड, ३ महीनाको मूल्याङ्कन सूची, आयातकर्ताले पेश गरेको कागजातका आधारमा भन्सार अधिकृतले भन्सार मूल्याङ्कन फेरबदल गर्न सक्छ ।’ भन्सार मूल्याङ्कन २ देखि ५ प्रतिशतसम्म बढाइएको स्रोतको दाबी छ । पछिल्लो वर्षमा बढिरहेको भन्सार मूल्याङ्कनबारे अर्थ मन्त्रालयका प्रवक्ता चन्द्रकला पौडेलले स्वदेशी वस्तुहरूलाई संरक्षण दिन भन्सार मूल्याङ्कन बढाइएको बताइन् । उनका अनुसार कतिपय वस्तुको आयातलाई नियन्त्रण गर्न खोज्दा पनि बढिरहेको हुँदा बाध्य भएर सरकारले भन्सार दर बढाउनु परेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)