ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्दै

Sep 28, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीदमा अनियमितता हुन सक्ने भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अध्ययन गर्ने भएको छ । निगमले किनेको वाइडबडीमा पछिल्लो समय अनियमितता भएको भन्दै सर्वत्र आवाज उठेपछि बिहीवारको समिति बैठकले अध्ययन गर्ने निर्णय गरेको हो । निगमका पदाधिकारीले हरेक पटक विमान खरीद गर्दा वायुसेवा निगमको आर्थिक विनियमावली–२०६५लाई कुल्चने गरेको देखिन्छ । सो विनियमावलीको २३६ को (१) अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरीद गर्ने उल्लेख छ, तर निगमले विमान निर्माता कम्पनीसँग खरीद नगरी दोस्रो पक्षसँग खरीद गर्ने गरेको छ । महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीदमा अनियमितता हुने गरेको प्रतिवेदन तयार पार्ने गरेको छ । महालेखाको ५५औं प्रतिवेदनमा पुराना जहाज किन्ने निगमको बारम्बारको अभ्यासले विक्रीपश्चात्को मेण्टिनेन्स सेवा तथा पार्टपुर्जा आपूर्तिमा हुनसक्ने उपलब्धि, तालीम, प्राविधिक सहयोग र वारेण्टीजस्ता पक्षलाई महŒव नदिएको भन्दै निगममा ठूलो चलखेल हुनसक्ने आशङ्का गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘बिचौलियाका रूपमा रहेका आपूर्तिकर्तामार्फत एयरबस कम्पनीको विमान खरीद गर्ने कार्य कानूनसम्मत देखिएन ।’ निगमले जहाज किन्दा सधैं हतारहतारमा किन्ने गरेको छ । हतारमा किन्दा निगमले हरेक पटक सार्वजनिक खरीद ऐनको समेत उल्लङ्घन गर्ने गरेको छ । उत्पादककहाँ सीधै जानबाट जोगिन निगमले दोस्रो पक्षसँग जहाज किन्ने गरेको जानकारहरू बताउँछन् । संसदीय समितिमा आवाज उठाउने एक सदस्यले अभियानसँग भने, ‘निगमले किन उत्पादकसँग सोझै जहाज किन्दैन ? बिल तलमाथि गर्न नपाउने डरले होइन ? सेटिङ मिलाउने बिचौलियाले काम पाउँदैनन् भनेर होइन ? त्यसैले विमान खरीदमा ठूलो चलखेल भएको छ, छानविन हुनैपर्छ ।’ बैठकमा लेखा समिति यसबारेमा लामो समय उदासीन हुन नहुने बताउँदै सांसदहरूले छानविन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने माग गरे । बिहीवारको समिति बैठकमा सांसदहरू हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्थ, धर्माशिला चापागाईंलगायतले विमान खरीदमा अनियमितताबारे निगमका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधिनुपर्ने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)