ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब ३ लाख घरको पुनर्निर्माण

Sep 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । भूकम्पपछि पुनर्निर्माण शुरू भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये करीब ३ लाख घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा समावेश तथ्याङ्कअनुसार २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको हो । यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेको प्राधिकरणले जानकारी दिएको छ । भूकम्पबाट कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको सङ्ख्या करीब साढे ३ लाख पुगेको प्राधिकरणको अनुमान छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इञ्जिनीयरसहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरूको पुनर्निर्माण दशैंतिहारपछि हुने बताए । अनुदान सम्झौता सम्पन्न लाभग्राही सङ्ख्या ७ लाख २३ हजार ७ सय २८ छ । त्यसमध्ये ७ लाख १७ हजार ९ सय ६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या ५ लाख ३ हजार ३६ पुगेको छ । २ लाख ६६ हजार ९ सय ४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् । गुनासो सम्बोधनपछि कुल पुनर्निर्माण लाभग्राहीको सङ्ख्या ८ लाख १० हजार ६ सय ९० पुगेको छ । त्यस्तै, प्रबलीकरणको सूचीमा परेका लाभग्राहीको सङ्ख्या ६१ हजार ८ सय ९१ पुगेको प्राधिकरणले जानकारी दिएको छ । १ खर्ब ४८ अर्ब अनुदान वितरण भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ३८ अर्ब २१ करोड ५२ लाख रुपैयाँ वितरण भएको छ । यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख आर्थिक वर्ष २०७२÷७३ मा वितरण भएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा ३५ अर्ब ३५ करोड ४५ लाख वितरण भएको थियो । त्यसैगरी, आव २०७४÷७५ मा ८८ अर्ब ४७ करोड ४० लाख रुपैयाँ आवास अनुदान वितरण भएको छ । चालू आवका लागि पुनर्निर्माण प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ । गुनासो फर्छ्योटबाट थपिँदै लाभग्राही प्राधिकरण कार्यकारी समितिले भूकम्प अतिप्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी १ लाख १८ हजार ७ सय ८० गुनासोको सुनुवाइ गरी नतिजा सार्वजनिक गरेको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार यसबाट ४२ हजार ४ सय २२ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा परेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)