ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनुदान लिन प्राधिकरणको नयाँ समयसीमा

Oct 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी घरधनी लाभग्राहीले अनुदानको किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेको छ । नयाँ समयसीमा अनुसार अब २०७५ असार मसान्तसम्म पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीले २०७५ पुस मसान्तभित्र दोस्रो र २०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ । त्यसैगरी, गुनासो सम्बोधनलगायतबाट हालसम्म पहिचान भएका सबै लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता प्राप्त गर्ने समयसीमा २०७५ कात्तिक मसान्त तोकिएको छ । यस्ता लाभग्राहीले २०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिनुपर्नेछ भने २०७६ जेठमसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने प्रााधिकरणले जानकारी दिएको छ । तर, आगामी दिनमा गुनासो सुनुवाइबाट लाभग्राही सूचीमा परेका एवम् पुनः सर्वेक्षण, जोखीम वर्ग, परम्परागत बस्ती एवम् बस्ती स्थानान्तरणबाट आउने लाभग्राहीका लागि अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुने प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । प्राधिकरणले सरकारद्वारा बजेट कार्यक्रममार्फत् निर्धारण गरेको लक्ष्यअनुसार लचिलो समयसीमा निर्धारण गरेको छ । पहिलो किस्ता लिएर पनि घर निर्माण शुरू गर्न बाँकी भएका लाभग्राहीले घर निर्माण शीघ्र शुरू गर्न आवश्यक देखिन्छ । यसअघि समयसीमा संशोधन हुने गरेको भए पनि अब त्यसो गर्न निकै कठीन हुने भएकोले बाँकी सबै लाभग्राहीलाई घर निर्माण थाल्न प्राधिकरणले आग्रह गरेको छ । भूकम्पपछि पुनर्निर्माण कार्य शुरू भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये करीब ३ लाख घरको पुनर्निर्माण सम्पन्न भएको प्रवक्ता घिमिरेले जानकारी दिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा समावेश तथ्याङ्कअनुसार २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको उनले बताए । यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेका छन् । भूकम्पबाट कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको सङ्ख्या करीब साढे ३ लाख पुगेको प्राधिकरणको अनुमान छ । स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इञ्जिनीयरसहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरूको पुनर्निर्माण दशैंतिहारपछि सकिने प्राधिकरणको अनुमान छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)