ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत

Oct 8, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ ओटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरू स्वीकृत गरेको छ । समितिको आइतवारको बैठकले काठमाडौं, ओखलढुङ्गा र सिन्धुपाल्चोकमा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत गरेको हो । ओखलढुङ्गाको मलेखु गाउँपालिका–३, फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४, झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेशनको सहयोगमा बन्ने भ्mयाडीटोल एकीकृत माझी बस्तीको प्रारम्भिक योजनालाई स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ । बैठकले सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१२, गिराञ्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजना र काठमाडौंको शङ्खरापुर नगरपालिका–७, पुखुलाछिस्थित सृजनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधूरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधूरी, गिराञ्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १ सय ३५ घरधूरी र सृजनशिल एकीकृत बस्ती विकासमा १६ ओटा घरधूरी हुनेछन् । बुङ्गमतीमा मौलिक पुनर्निर्माणमा जोड प्राधिकरणले बुङ्गमतीजस्ता सम्पदा बस्तीको मौलिक ढङ्गमा पुनर्निर्माण गर्न विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । सम्पदा बस्तीभित्रका घरहरू मौलिक शैलीमा पुनर्निर्माण गर्दा प्रतिघर ५० हजार रुपैयाँ थप रकम दिइने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । उनले सम्पदा बस्ती पुनर्निर्माणका लागि पूर्वाधार निर्माणमा पनि प्राधिकरणले सहयोग गर्ने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)