ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठाकुरविरुद्ध सवा ३ करोडको भ्रष्टाचार मुद्दा

Oct 8, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
  • वैध रकम ७५ लाख १ हजार ७ मात्र ड्ड यूएस डलर तथा यूरो पनि बरामद
  • अवैध सम्पत्ति श्रीमती तथा आफन्तको नाममा लुकाइएको
  • सवा ३ करोड नै जरीवाना तिराउनुपर्ने माग
  • बरामद भएको नेपाली रुपैयाँ मात्र ८० लाख ९ हजार अदालतमा दाखिला
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख सुरेश ठाकुरले ३ करोड १८ लाखभन्दा भढी अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठाकुरले सार्वजनिक पदधारण गरेको मिति २०५९ साल माघ १ गतेदेखि हालसम्म कमाएको ३ करोड ९३ लाख ७४ हजार ९ सय २८ मध्ये ७५ लाख १ हजार २ सय ७ रुपैयाँ मात्र वैध भएको आयोगको ठहर छ । वैध रकमबाट बाँकी रहेको ३ करोड १८ लाख ७३ हजार ७ सय २० रुपैयाँ ६९ पैसा अवैध रूपमा ठाकुरले आर्जन गरेको आरोप छ । ठाकुरले अवैध रूपमा कमाएको सम्पत्ति परिवारको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा मौज्दात गरेको, बीमालगायत विभिन्न कम्पनीमा शेयर खरीद गरी लगानी गरेको, जग्गालगायत विभिन्न चलअचल सम्पत्ति खरीद गरेको आरोप पनि आयोगको छ । ठाकुरको कार्यकक्ष तथा निवासबाट १२ लाख ५० हजार ५ सय रुपैयाँ नगदै बरामद भएको पनि अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । यसै गरी आयोगले विभिन्न मितिमा बरामद गरेको नगद १ लाख ८ हजार ५ सय नेपाली रुपैयाँ, ८ हजार १ सय ६० भारतीय रुपया, १ हजार ५० अमेरिकी डलर, ४ सय ८५ यूरो पनि अख्तियारले प्रमाणका रूपमा विशेष अदालतमा पेश गरेको छ । प्राइम बैङ्कको खाताबाट झिकिएको ६६ लाख ५० हजार रुपैयाँ पनि आयोगले अभियोगपत्रका साथ अदालतमा दाखिला गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । नेपाली रुपैयाँ भने ८० लाख ९ हजार रुपैयाँ मात्र अदालतमा दाखिला गरिएको छ । आयोगले ठाकुरले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति निजकी श्रीमती अनिताको नाममा राखेको देखिएको उल्लेख गरेको छ । त्यस्तो सम्पत्ति ठाकुरले सन्तोष ठाकुर, बलराम उपाध्याय, र मीनाक्षी सिन्हाको नाममा लुकाएर राखेको पनि आरोपपत्रमा अदालतलाई जानकारी गराइएको छ । गैरकानूनी रूपमा कमाइएको सम्पत्ति जफत गर्ने गरी फैसला गर्न पनि माग गरिएको छ । अख्तियारले लामो समयपछि गैरकानूनी सम्पत्तिमा मुद्दा दायर गरेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)