ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘बूढीगण्डकी गेजुवालाई दिने निर्णय सच्चाऊ’

Oct 9, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । बूढीगण्डकी जलविद्युत् परियोजना चीनको गेजुवा कम्पनीलाई दिने सरकारी निर्णय सच्चाउन नेपाली काङ्ग्रेसले आग्रह गरेको छ । सो जलविद्युत् परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने भए पनि हतारमा सरकारले गेजुवा कम्पनीलाई दिने निर्णय गरेको भन्दै तत्काल निर्णय सच्चाउन भनेको हो । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बूढीगण्डकी स्वदेशी लगानीमा बनाउन सकिने सम्भावना हुँदाहुँदै विदेशी कम्पनीलाई दिनु अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक छ, तत्काल सच्चाउन आग्रह गर्छौं ।’ यसअघि नेपाली काङ्ग्रेस नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले बूढीगण्डकी जलविद्युत् परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर गरेको थियो । काङ्ग्रेसले बूढीगण्डकी परियोजनाबारे सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षड्यन्त्रप्रति आमसमुदायमा सजग रहन पनि आग्रह गरेको छ । ‘स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमै परियोजना अघि बढाइनुपर्छ भन्ने नेपाली काङ्ग्रेसको माग हो,’ विज्ञप्तिमा उल्लेख छ । ‘गोदावरी राजधानीका लागि उपयुक्त छैन’ यसैबीच, नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीलाई तोकिएको निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेको छ । जङ्गल फडानी गर्ने उद्देश्यले गोदावरीमा राजधानी तोकिएको आरोप लगाउँदै काङ्ग्रेसले यो निर्णयमा पुनर्विचार गर्न माग गरेको हो । ‘सुदूर पश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ र ४ मा राजधानी रहने गरी गरिएको निर्णय अपरिपक्व, विकासविरोधी, गैरजिम्मेवार र भू तथा वन माफियाहरूको चलखेलबाट प्रभावित छ । काङ्ग्रेस यो निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ । काङ्ग्रेसले वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरूको राय रहेको बताउँदै गोदावरी राजधानीका लागि उपयुक्त नरहेको दाबी गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)