ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल : चिनियाँ कम्पनीलाई धावनमार्ग स्तरोन्नतिको जिम्मा

Nov 5, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इण्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेशनले पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सो कम्पनीबीच आज (सोमवार) निर्माण सम्झौता हुँदै छ । धावनमार्ग स्तरोन्नतिका लागि करीब ४ अर्ब रुपैयाँको सम्झौता हुन लागेको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । आवेदक ४ कम्पनीमध्ये उक्त कम्पनीलाई छनोट गरिएको प्राधिकरणले जानकारी दिएको छ । कम्पनीले अप्रिल १ देखि धावनमार्ग स्तरोन्नति थाल्ने प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलले जानकारी दिए । चिनियाँ कम्पनीका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमक्ष तोकिएको समयमा गुणस्तरीय काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । विमानस्थलको सो धावनमार्ग सन् १९८० मा निर्माण भएको हो । धावनमार्ग स्तरोन्नति शुरू भएसँगै विमानस्थल दैनिक राति १० देखि बिहान ८ बजेसम्म बन्द गरिने प्राधिकरणले जानकारी दिएको छ । कम्पनीले बढीमा २ महीनाभित्रै काम सक्ने गरी सम्झौता हुन लागेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)