ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल : दुई नयाँ ‘पार्किङ वे’ निर्माण हुँदै

Nov 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ५ महीनाभित्रै दुई नयाँ ‘पार्किङ वे’ थपिने भएको छ । जहाज पार्किङमा समस्या आइरहेकाले नयाँ पार्किङ वे निर्माण शुरू गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । विमानस्थल विकास कोष (एडीएफ)को रू. १ अर्ब ६ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । निर्माण गर्न लागिएकोमध्ये पूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा रू. ४७ करोड र दक्षिणतर्फको ‘पार्किङ वे’ निर्माणमा रू. ५९ करोड खर्च हुनेछ । गौतमका अनुसार पूर्वतिर दुईओटा ठूला (वाइडबडी एयरबस) जहाज र तीनओटासम्म साना (एटीआर) जहाज र दक्षिणतिर दुईओटा वाइडबडी र तीनओटा साना (एटीआर) जहाज राख्न सकिनेछ । अहिले उक्त विमानस्थलमा ठूला जहाज राख्न पर्याप्त पार्किङ वे छैन । दुई नयाँ पार्किङ वेको निर्माणले विमान पार्किङ गर्न केही सहज स्रोतको भनाइ छ । उक्त विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा अहिले तीनओटा ठूला (वाइडबडी) र छओटा साना (न्यारोबडी) गरी जम्मा नौओटा जहाज मात्र पार्किङ गर्न सकिन्छ । नयाँ पार्किङ वे निर्माणपछि १३ ओटा ठूला जहाज पार्किङ गर्न सकिनेछ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले पूर्वतर्फको पार्किङ वे फागुन र दक्षिणतर्फको पार्किङ वे वैशाखभित्र पूरा हुने बताए । अहिले पूर्वतर्फको पार्किङ वेको काम तीव्र गतिमा भइरहेको छ भने दक्षिणतर्फको पार्किङ वेको काम शुरू हुन बाँकी छ । के हो रिमोट पार्किङ वे ? रिमोट पार्किङ वे विमानस्थलको मुख्य पार्किङ वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ वे हो । विमानमा बम विस्फोट वा आतङ्ककारी गतिविधिको शङ्का भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ । विमानस्थलमा भौतिक तथा मानवीय क्षति नपुगोस् भन्नाका लागि यसको प्रयोग गरिन्छ । साथै, लामो समय होल्डिङमा बस्ने विमानलाई समेत यसमा लगेर पार्किङ गरिन्छ । यसबाट नियमित उडान गर्ने अन्य विमानलाई अवरोध पुग्दैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)