ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङमा थामिनसक्नु पर्यटक, होटल भरिभराउ

Nov 10, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
कात्तिक २४, म्याग्दी । शरद त्रृmतुको आरम्भसँगै मुस्ताङ भ्रमणको अनुकुल समय शुरु हुने र यतिवेला नै दशैं तिहारजस्ता लामो विदा हुने चाडपर्वहरु पनि पर्ने भएकाले मुस्ताङमा आन्तरिक पर्यटकहरुको भीड लागेको छ । पर्यटकको आगमनसँगै मुस्ताङका होटलहरु पनि भरिभराउ भएका छन् । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण मुस्ताङका व्यवसायीहरुलाई यो सिजनमा भ्याईनभ्याई छ । असोजदेखि मङ्सिरसम्म मुस्ताङ भ्रमणका लागि अनुकुल समय मानिन्छ । केही बर्ष पहिलासम्म पदयात्राममा आउने र धार्मिक यात्रामा आउने पर्यटक मात्रै देखिने मुस्ताङमा दुई बर्ष यता भने मुस्ताङको प्राकृतिक सौन्दर्यतामा रमाउन आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र शेरचनले बताए । डेढ वर्षअघिसम्म यातायात व्यवसायीहरुको एकाधिकार रहेको बेनी–जोमसोम सडकमा यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भएसँगै आफ्नै सवारी साधन लिएर मुस्ताङ भ्रमणमा जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । दशैं, तिहार, छठ लगायतका पर्वको समयमा बिद्यालयहरु बन्द रहेकाले बिद्यार्थीदेखि पारिवारिक घुमघाममा निस्किनेहरु पनि मुस्ताङ पुगेका छन् । जोमसोम बजारका व्यवसायीका अनुसार पछिल्लो समय बाह्यभन्दा कैयौं गुणा बढी आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । डेढ वर्ष अघि मुस्ताङ जिल्लाभित्र सवारी साधनमाथिको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको सङ्घका अध्यक्ष शेरचनको भनाइ रहेको छ । ‘पहिले ट्रेकिङमा आउने र मुक्तिनाथ दर्शन गर्न आउने मात्रै पर्यटकको रुपमा मुस्ताङ भित्रिने गरेका थिए’ शेरचनले भने– ‘यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।’ आफ्नै सावारी साधन लिएर निर्वाध मुस्ताङको प्राकृतिक छटामा रमाउन पाउने भएपछि आन्तरिक पर्यटकको ओईरो लागेको शेरचनको भनाई छ । ‘सवारीमा एकाधिकारले मुस्ताङको ढोका बन्द गरेको रहेछ, एकाधिकार तोडिएपछि अहिले त थामी नसक्नु पर्यटक मुस्ताङ भित्रिएका छन्’ शेरचनले भने । डेढ बर्ष पहिलासम्म देशका बिभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने पर्यटकहरुले मुस्ताङको घाँसादेखी अनिवार्य मुस्ताङका यातायात व्यवसायीका सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्था थियो । एकाध मुस्ताङ बाहिरका सावारी साधनले प्रबेश पाउने गरेको भएपनि अनुमति लिनुपर्ने झण्झटिलो प्रक्रियाका कारण मुस्ताङ बाहिरका सवारी निकै कम मात्रामा भित्रिने गरेका थिए । मुस्ताङ घुम्नको लागि बर्षमा दुई सिजन उपयुक्त मानिने गरेको छ । चैत देखी जेठ महीनासम्मको समय र असोजदेखी मङ्सिरसम्मको समय मुस्ताङ घुम्नका लागि उपयुक्त समय हुन् । यतिबेला मुस्ताङमा दैनिक ४ हजारदेखी ८ हजारसम्म पर्यटक भित्रिएका छन् । मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक तथा भारतीय पर्यटक र पदयात्रामा आउने पर्यटकका कारण मुस्ताङका सबै होटल भरिभराउ छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)