ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल भारत यातायात सेवा : १० रूटका लागि २२ यातायात कम्पनी सूचीकृत

Nov 13, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । नेपाल–भारत सीमा वारपार यातायात सेवा सञ्चालन गर्न १० ओटा रूट स्वीकृत भएका छन् । यसका निम्ति यातायात व्यवस्था विभागले २२ ओटा यातायात कम्पनीलाई सूचीकृत गरेको छ । नेपाल–भारतबीच बससेवा सञ्चालन गर्ने सम्झौताअनुसार उक्त रूटहरू तोकी ती कम्पनीलाई सूचीकृत गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार अहिले सूचीकृत कम्पनीहरूले तत्कालै बससेवा शुरू गर्न भने पाउने छैनन् । यससम्बन्धी सम्झौतामा दुवै देशका सरकारी अधिकारीहरूले हस्ताक्षर गरेपछि मात्रै बस सेवा सञ्चालन गर्न बाटो खुल्नेछ । नेपालका उच्चपदस्थ व्यक्ति भारत जाँदा होस् वा भारतका उच्चपदस्थ अधिकारी नेपाल भ्रमणमा आउँदा होस्, नेपाल–भारतबीच क्रश बोर्डर बस सञ्चालनको विषय उठान हुँदै आएको छ । अहिले स्वीकृत गरिएका रूटहरू सञ्चालनमा आउँदा यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसअघि पनि नेपालका मुख्य शहरहरूबाट नेपाल–भारत बससेवा सञ्चालन हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)