ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्वप्रधानमन्त्री दाहाल र गृहमन्त्री थापा तातोपानी कुण्डमा डुबुल्की लगाउँदै (तस्वीरसहित)

Nov 13, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

कात्तिक २७, म्याग्दी । पत्नि सीता दाहालको तीन दिने वाटर थेरापीका लागि सोमवार म्याग्दीको सदरमुकाम बेनी पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बुधवारसम्म बेनीमै बस्ने भएका छन् । दाहालसँगै नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा पनि पत्नि नैनकला थापासहित नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत सोमवार बेनी पुगेका हुन् ।

दाहाल र थापा परिवारले सोमवार बेनीको तातोपानी कुण्डमा दुुई घण्टासम्म वाटर थेरापि (पानीमा डुबेर उपचार गर्ने प्रक्रिया) गराएका थिए । सोमवार २ बजेदेखि ४ बजेसम्म दाहाल र थापा परिवारले तातोपानी कुण्डमा डुबुल्की लगाए । मङ्गलवार पनि दाहाल र थापा परिवारले तातोपानी कुण्डमा पुगेर वाटर थेरापी गराएका छन् । तातोपानी कुण्डमा थेरापीका तीन दिने, सात दिने र अठार दिने कोर्ष हुन्छन् । दाहाल पत्नि सीताको तीन दिनको कोर्ष सकेर उनीहरु बुधवार काठमाडौं फर्किने बताइएको छ । केही समयदेखि बिरामी रहेकी प्रचण्ड पत्नि सीतालाई स्वदेशका विभिन्न अस्पतालमा परीक्षण गर्दा रोग एकीन नभएपछि सिङ्गापुरलगायत विदेशका अस्पताल लगिएको थियो । दाहाल मस्तिष्क सम्बन्धी रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी)बाट पीडित छिन् ।तातोपानीमा महिला र पुरूषका लागि बेग्लाबेग्लै नुहाउने ठाउँ बनाइएको छ । प्राकृतिक मुलबाट निस्केको कुण्डको पानी ५० डिग्री सेल्सियसको रहेको छ । यो कुण्डमा नुहाउन प्रतिव्यक्ति तीन सय रुपैयाँ तिर्नुपर्छ । कुण्डमा घाँटीमूनिको भाग डुबाएर उपचार गरिन्छ । कुण्डको तातोपानीबाट बाहिर निस्केपछि पनि तातोपानी नै आउने धारामा नुहाउने गरिन्छ । तातोपानी कुण्डमा डुबुल्की मार्दा नशा, बाथ, ढाड दुखेको, शरीर सुन्निएकोलगायत समस्या कम हुने जनविश्वास छ । स्वदेशी र विदेशी गरी कुण्डमा अहिले २ सय ५० जनाभन्दा बढी बिरामीले प्राकृतिक उपचार गराइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)