ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एउटै भवनभित्रका दुई गोदाममा आगलागी, झण्डै ७ करोड बराबरको क्षति भएको अनुमान

Nov 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

मङ्सिर १०, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एउटै भवनमा रहेका २ गोदाममा आगलागी हुदाँ झण्डै ७ करोड रूपैयाँ बराबरको भौतिक क्षति भएको छ । सोमबार दिउँसो ३ बजेतिर बागमती खोलाको पुल नजिकै रहेको गौरीशंकर फर्निसिङ र सजावट प्रा.लि.को गोदाममा आगलागी भएको थियो ।

बानेश्वर प्रहरी वृतको प्रारम्भिक अनुसन्धानले उक्त आगलागीमा करीव ७ करोड रूपैयाँ बराबरको भौतिक क्षति भएको निष्कर्ष निकालेको हो । जसमा सजावट प्रा.लि.को रू. १ करोड १८ लाख क्षति भएको प्रहरीले बताएको छ । आगलागीमा परेर सिलाई मेशिन, कुर्सी, टेवल, शोफा, पर्दा लगायत फर्निचर र सजावटका सामग्री जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

आर्थिक अभियानसँगको कुराकानीमा प्रहरी निरीक्षक पोषण ढकालले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘आगलागीका कारण भौतिक सामग्री सहित भवनमा पनि ठूलो क्षति पुगेको छ, अनुसन्धान मार्फत तथ्य कुरा बाहिर ल्याउछौं ।’ प्रारम्भिक अनुसन्धानअनुसार विद्युत सर्ट भएर आगलागी भएको उनको भनाइ छ ।

दोलखाका राम कार्कीले १० बर्षदेखि गौरीशंकर फर्निसिङ सञ्चालन गर्दै आएका छन् । उनले गत हप्ता मात्रा चीनबाट ३ कण्टेनर फर्निसिङका सामग्री आयात गरेर उक्त गोदाममा राखेका थिए । अकस्मात सोमबार गोदाममा आगलागी हुदाँ करोडौँको नोक्सानी भएको उनको भनाइ छ ।

झण्डै २ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि काठमाडौं, ललितपुर, भक्तपुर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको गरेर ११ दमकल र ४ ओटा पानी ट्याकर परिचालन गरिएका थिए । जुद्द बारूण यन्त्र, काठमाडौंका प्रमुख बद्रिमान नगरकोटीले प्लाष्टिक, फर्निचरजस्ता आगोले छिट्टै टिप्ने सामग्री भएका कारण ठुलो मात्रमा क्षति भएको बताए ।

दुबै गोदाम बीमाको दायरामा बीमाको महत्व र आवश्यकता बढ्दै गएता पनि मानिसहरू अझै यसको दायरामा आउन सकेका छैनन् । अकस्मात रूपमा हुने यस्ता बिपद्मा मानिसहरूले कुनै राहत लिने माध्यम पनि छैन । उक्त अवस्थामा पुनः निर्माण र पुनः उत्थान गर्न समेत समस्या हुन्छ । तर, यस घटनामा दुवै गोदामको बीमा गरेकाले त्यस्तो समस्या नुहने देखिन्छ । गौरीशंकरका सञ्चालक राम कार्कीले ९ महीना अगाडि सगरमाथा इन्स्योरेन्समा गोदामको बीमा गरेको बताए । यस्तै, सजावटका सञ्चालक मान बहादुर भुषालले गोदामको बीमा गरेका छन् । आगलागीबाट करोडौंको क्षति भएतापनि बीमा कम्पनीबाट आउने रकमले व्यवसायलाई पुनः निरन्तरता दिने उनीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)