ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पदयात्राका क्रममा ज्यान गुमाएका परिवारलाई ५ लाख राहत

Nov 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

मङ्सिर १० काठमाडौं । विभिन्न हिमाल आरोहणको क्रममा ज्यान गुमाएका १२ जनाको परिवारलाई ५ लाखका दरले ६० लाख रुपैयाँ राहत वितरण गरिएको छ । सूचना व्यवस्थापन प्रणाली (टिम्स)को कोषबाट ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले पर्वतीय पर्यटन मजदुरहरुका आश्रित परिवारलाई सोमबार रकम वितरण गरेको हो । अन्नपूर्ण, अपर डोल्पा, एभरेस्ट, मनास्लुलगायत क्षेत्रको पदयात्राका क्रममा ज्यान १२ जना गुमाएका पदयात्रीले ज्यान गुमाएका थिए ।

पदयात्राका क्रममा ज्यान गुमाएका परिवारलाई यसअघि २ लाख ५० हजारका दरले राहत वितरण हुने गरेको थियो । पदयात्राका लागि ट्रेकिङ कम्पनीले पदायात्रीको बिमा रकम बढाएर १० लाख रुपैयाँ पुर्याएपछि उनीहरुलाई ५ लाखका दरले रकम वितरण गरिएको टानका महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए । यसअघि टिम्सले ३३ जनालाई राहत वितरण गयिरसकेको छ । टिम्स कार्ड लिएर पदयात्रामा गए सोबापतको राहत रकम पाउनेछन् । हाल ७० देखि ८० प्रतिशत पर्यटक गाइडबिनै पदयात्रामा जाने गरेकाले त्यसतर्फ सचेत हुन सम्बन्धित सबैलाई टानले आग्रह समेत गरेको छ । टिम्सको चेक पोस्ट सबै ठाउँमा नभए पनि ट्रेकिङ कम्पनीहरुले टिम्स कार्ड अनिवार्य रुपमा लिएर गए मजदुरहरुलाई राहत तथा क्षतिपूर्ति दिन सहज हुने महासचिव शेर्पाले बताए ।

नेपाल पर्यटन बोर्ड मार्फत (टिम्स) ले पदयात्रामा जाने विदेशी पर्यटकको तथ्याङ्क राख्न र पदयात्रा व्यवसायमा हुने अवैध गतिविधिलाई समेत रोक्न, पर्यटकहरुको सुरक्षित पदयात्रा र पदयात्रा मजदुरहरुको तालिम, सिप विकास, सुरक्षा, औषधोपचार तथा हेली रेस्क्यू, पदयात्राका क्रममा मृत्यु भएका कामदारहरुका आश्रीत परिवारलाई राहत, पदयात्रा क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रबर्द्धन लगायतका कार्यहरु समेत गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)