ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामै नसकी कोटेश्वर–कलंकी सडकखण्ड हस्तान्तरण हुँदै

Dec 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
मङ्सिर २९, काठमाडौं । चक्रपथ अन्तर्गतको कोटेश्वर–कलंकी सडक खण्ड (१०.४ किमि) आगामी बिहीवार सरकारलाई हस्तान्तरण हुने भएको छ । शनिवार हुने भनिएको हस्तान्तरण केही काम बाँकी रहेकाले बिहीवार (२० तारिख)लाई सारिएको काठमाडौं चक्रपथ सुधार योजनाले जानकारी दिएको छ । चिनियाँ सरकारको सहयोगमा सुधार परियोजनाका रूपमा सरकारले चक्रपथको स्तरोन्नती गरिरहेको छ । उक्त परियोजना सुधारको काम चिनियाँ निर्माण कम्पनी साङ्हाई कन्सट्रक्सन ग्रूपले गरिरहेको छ । कोटेश्वरदेखि धोबीघाटसम्मको सुधार सम्पन्न गरेको कम्पनीले धोबीघाटदेखि कलंकी खण्डको भने काम सम्पन्न नगरी बुझाउने भएको हो । केही कानूनी प्रक्रिया बाँकी रहेकोले त्यो सकेर बिहीवार हस्तान्तरण हुने योजना निर्देशक सुजन खनालले जानकारी दिए । बाँकी रहेको कानूनी प्रक्रियाका सम्बन्धमा भने उनले खुलाउन चाहेनन् । धोबीघाटदेखि कलंकीबीचमा सर्भिस ट्रयाकको काम अधुरै रहेको छ । सम्भवतः काम अधुरै रहेको अवस्थामा कम्पनीले परियोजना हस्तान्तरण गर्दा अपनाउनु पर्ने कानूनी प्रक्रिया सम्पन्न गर्न लागिएको हो । अदूरदर्शी डिजाइन उक्त सडक खण्डमा तीन ओटा आकाशे पुल र एउटा अण्डरपाससहितको डिजाइन कम्पनीलाई बुझाएको सरकारले काम सकिन लागेपछि थप संरचना बनाउन थालेको छ । कम्पनीले डिजाइनमा उल्लेख गरिएभन्दा बढी संरचना नबनाउने भएका कारण सरकार आपैंmले लगानी गरेर थप ६ ओटा आकाशेपुल निर्माण गर्न थालेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)