ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोलिमर नोट प्रकरणमा तत्कालीन गभर्नर तिलक रावललगायतविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

Dec 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
पुस ५, काठमाडौं । पोलिमर नोट प्रकरणमा नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर तिलक रावललगायतका संलग्नहरुविरुद्ध बिहीवार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । पोलिमर नोट छपाई प्रकरणमा भ्रटाचार गरेको आरोपमा तत्कालीन गभर्नर रावलसहित उपेन्द्रकेशरी पौड्याल र हिमालयबहादुर पाँडे विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरुले १० रुपैयाँको पोलिमर नोट ५ करोड थान छपाईको टेण्डरमा भ्रष्टाचार गरेको अभियोग लगाईएको थियो । पोलिमर नोट छपाइ गर्नका लागि ‘नोट प्रिण्टिङ अष्ट्रेलिया लिमिटेड’ नामक संस्थालाई दिइएको थियो । उक्त नोट छपाइका लागि टेण्डर प्राप्त गर्न सो कम्पनीका पदाधिकारीहरूले नेपाल राष्ट्र बैङ्कका केही पदाधिकारीलाई घूस दिएको आशङ्का गरी अष्ट्रेलिया सरकारले नेपाल सरकारसँग कूटनीतिक माध्यमबाट सम्बन्धित व्यक्तिको बैङ्क खाता मगाएको थियो । टेण्डर प्राप्त गर्ने कम्पनीका पदाधिकारीहरूमाथि अष्ट्रेलिया सरकारले अख्तियारको दुरुपयोग, मुद्रा निर्मलीकरण गरेकोलगायत विषयमा अनुसन्धान गरिरहेको छ । अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जारी गरेको सूचनामा भनिएको छ :- ‘नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा रू.१० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको’’ भन्ने समेतको उजुरीउपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार A$६८ बाट A$ ४  बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको स–प्रमाण पुष्टी हुन आएको हुँदा उक्त कसुरमा संलग्न तपशिलमा उल्लेखित पदाधिकारीहरु तथा व्यक्तिलाई देहायबमोजिमको सजायको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।’ पोलिमर नोट छपाई काण्डमा मुछिएका बैङ्क तथा वित्तीय संस्थासँग आबद्ध व्यक्तिहरू हिमालयबहादुर पाँडे, पृथ्वीबहादुर पाँडे, रमा राज्यलक्ष्मी पाँडे, केशव खत्री, उपेन्द्रकेशरी पौड्याल, डा. तिलक रावल, मेफ्लावर प्रालि, ग्लोवल ग्रुप प्रालि र सुपर ट्राइस्टार इन्भेस्टमेन्ट लिमिटेडको नामका र उनीहरूको नियन्त्रणमा रहेका अन्य खाताको विवरण पठाउन अष्ट्रेलियन सरकारले नेपाल सरकारसँग अनुरोध गरेको थियो । सो बमोजिम अदालतमा लामो समय बहस भएर सर्वोच्चबाट आदेश पाएपछि नेपाल राष्ट्र बैङ्कले उनीहरूको बैङ्क खातामा रहेका विवरण अष्ट्रेलियाली सरकारसमक्ष पठाएको थियो । लामो समय अदालतमा अड्किएको पोलिमर नोट प्रकरणका विषयमा आर्थिक अभियानले लगातार समाचार प्रकाशित गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)