ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा दलालको बिगबिगी, निःशुल्क फारमको ५ सयसम्म असुली

Dec 23, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
पुस ८, काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा दलालको बिगबिगी बढेको छ । विदेशमा श्रम सिकेर स्वदेशमै उद्यम गर्न चाहने युवाका लागि सरकारले १० लाखसम्म सहुलियत कर्जा दिन आवेदन खुला गरेसँगै सहयोगको नाममा दलालहरू सक्रिय भएका हुन् । बोर्डमा निवेदन दिन जाने युवालाई सहयोग गर्ने भन्दै बोर्ड परिसरमा दलालदेखि मोबाइल पसल र स्टेशनरीहरू रकम असुल्न तल्लीन छन् । उनीहरूले निःशुल्क पाइने फारमलाई २० रुपैयाँमा बेचिरहेका छन् । सोबाहेक फारम भरिदिने नाममा मान्छे हेरेर २ सयदेखि ५ सयसम्म असुलिने गरेको पीडितहरूको भनाइ छ । साउदीमा २ वर्ष काम गरेर नेपाल फर्केका संखुवासभाका रञ्जन बस्नेतले आपूm दलालबाट ठगिनु परेको अभियानलाई बताए । उनले भने, ‘निःशुल्क भन्नेबारे मलाई थाहै भएन, एक जना दाइले फारम भरिदिन्छु भन्नुभयो । भरेपछि ५ सय चार्ज भन्दै लिनुभयो ।’ उनका अनुसार उनीसँगै बोर्डमा फारम भर्न आएका अन्य पाँच जनाबाट पनि ती दलालले ५ सयका दरले रकम लिएका छन् । [caption id="attachment_303483" align="aligncenter" width="700"] बोर्ड परिसरमै युवासँग मोलमोलाई गरी फारम भराउँदै विचौलियाहरु [/caption] तीन वर्ष मलेशियाको रोजगारीपछि फर्किएका संखुवासभाकै विक्रम पुलामी, इलामका दशरथ चन्द, साउदीबाट फर्केका पाँचथरका पूर्ण बस्नेतसमेत दलालमार्पmत फारम भर्न बाध्य भएको बताउँछन् । उनीहरू जस्ता सयौं युवा यसरी बोर्ड परिसरबाटै ठगिएका छन् । निःशुल्कको फारम बोर्ड परिसरमै सयौंमा कारोबार हुँदा बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले आपूmहरू यसबारे सचेत भएको अभियानलाई बताए । उनले भने, ‘बाहिर ठगी भइरहेकाबारे हामीलाई सूचना आएको छ, तत्काल रोक्न हामी लागिरहेका छौं । यस्तो धन्दा लामो समय चल्नेछैन ।’ [caption id="attachment_303484" align="alignleft" width="150"] राजनप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक[/caption]   ‘बाहिर ठगी भइरहेकोबारे हामीलाई सूचना आएको छ, तत्काल रोक्न हामी लागिरहेका छौं । यस्तो धन्दा लामो समय चल्नेछैन ।’        उनका अनुसार हाल सरकारले ल्याएको कार्यक्रममा भाग लिन करीब ३ हजारले निवेदन दिइसकेका छन् । दिनको २ सयका दरले निवेदन आइरहेको बोर्डको भनाइ छ । तर, निवेदकहरूले गर्न चाहेको पेशा÷व्यवसाय विवरण स्पष्ट नखुलाएको श्रेष्ठले बताए । उनले भने, ‘गर्न चाहेको व्यवसाय के हो ? कति लागत लाग्ने हो ? कर्जा उपयोगसम्बन्धी धेरैको निवेदनमा अस्पष्टता छ ।’ बोर्डका अनुसार यस कार्यक्रममा सहभागी हुन चाहनेले पुस मसान्तभित्र निवेदन दिनुपर्छ । प्राप्त निवेदनलाई छानविन गरी श्रम मन्त्रालयमा पठाइने र त्यसलगत्तै कार्यविधि अनुसार सरल कर्जा दिन वाणिज्य बैंकहरूलाई पत्राचार गरिनेछ । सरल कर्जामा उद्यम धितोमा हुनेछ र ५ वर्ष कर्जा भुक्तानी गर्नुपर्नेछ । के हो सरल कर्जा ? सरकारले चालू आर्थिक वर्ष (आव) २०७५÷०७६ को बजेटमार्पmत वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्न खोज्नेहरूलाई विदेशमा प्राप्त शीपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको हो । सोहीअनुसार नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । बैंकले गत कात्तिक ११ मा बैंक तथा वित्तीय संस्थालाई परिपत्र नै गरेर कार्यविधिअनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई यस्तो कर्जा उपलब्ध गराउन भनिसकेको छ । कार्यक्रम अघि बढाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सूचना जारी गरी स्वदेशमै स्वरोजगार हुन इच्छुक कामदारलाई आगामी पुस मसान्तभित्र तोकिएको ढाँचामा फारम भरी निवेदन दिन सूचना जारी गरेको छ । त्यस्तो कर्जा न्यून ब्याजदरमा उपलब्ध हुनेछ र ५ वर्षमा भुक्तानी गरि सक्नुपर्नेछ । कसरी सहभागी हुने ? यस्तो कर्जामा सहभागी हुनेहरूले आप्mनो व्यवसाय परियोजना धितो राखेर कामदारले ऋण पाउनेछन् । कम्तीमा पनि ६ महीना विदेश बसेको र स्वदेश फर्किएको ३ वर्षभित्र सहुलियत कर्जा लिई सक्नुपर्नेछ । विदेशबाट फर्किएकाहरूले आपूmले सिकेको ज्ञान र शीपका आधारमा सञ्चालन गर्ने व्यवसायको विस्तृत विवरण खुलाई निवेदन पेश गर्नुपर्नेछ । विदेशबाट फर्किएका युवाले बुझाएको फारमका आधारमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरी यस्तो कर्जा प्रदान हुनेछ । कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रमस्वीकृति प्राप्त भएको रोजगारदाता मुलुकबाट फर्केकाको हकमा त्यसको प्रतिलिपि, आपूmले ६ महीना कुनै देशमा सम्बन्धित तालीम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वघोषणा गर्नुपर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)