ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ दिल्लीमा ऊर्जा विषयक तीन बैठक

Dec 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । आगामी बुधवार र बिहीवार (डिसेम्बर २६ र २७ तारीख) ऊर्जासम्बद्ध विविध विषयमा नेपाल–भारतबीच अलगअलग तीन बैठक हुने भएको छ । पावर एक्सचेन्ज कमिटीको बैठक, ज्वाइन्ट स्टेयरिङ कमिटी (जेएससी) र सहसचिव स्तरीय ज्वाइन्ट वर्किङ ग्रूप (जेडब्ल्यूजी) को बैठकले दिएका एजेन्डामाथि दुई देशका विद्युत् प्राधिकरणका अधिकारीहरूको बैठक बस्ने भएको हो । सोही क्रममा जेएससी र जेडब्ल्यूजी मातहतको ज्वाइन्ट टेक्निकल समूहको पनि बैठक बस्ने बैठकका सहभागी तथा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘बुधवार भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) सँग बैठक बस्नेछ,’ अधिकारीले भने, ‘उक्त बैठकमा बुटवल–गोरखपुर (दोस्रो अन्तरदेशीय) प्रसारण लाइनको निर्माण र लगानी स्वरूपको मोडललाई अन्तिम रूप दिइनेछ ।’ बिहीवारको बैठकबाट क्रश बोर्डर एकीकृत प्रसारण गुरुयोजना पुनरवलोकन हुनेछ । पावर एक्सचेन्ज कमिटीको बैठकमा बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट नेपालले ल्याउने बिजुलीको दर पुनरवलोकन गर्ने विषय पनि रहनेछ । सोही दिनको बैठकबाट न्यू लम्की–न्यू बरेली र न्यू दुहबी–न्यू पूर्णिया (तेस्रो र चौथो) अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेछ । साथै कटैया–कुशाहा र रक्सौल–परवानीपुरका सिंगल सर्किटलाई भारत पट्टिको प्रसारण नेटवर्क सुदृढ गरी डबल सर्किट बनाउने विषय पनि बैठकमा रहने प्रवक्ता अधिकारीले जानकारी दिए । दुई देशबीचको अलग समयको विद्युत् आवश्यकता परिपूर्तिका लागि गर्ने भनिएको ‘ईनर्जी बैंकिङ’को विषय पनि यही बैठकबाट टुंगो लगाउने प्रयास हुने भएको छ । साथै आगामी माघको पहिलो हप्ता नेपालमा हुने जेएससी र जेडब्ल्यूजी बैठकको पूर्वतयारी बैठक पनि यसै समयमा बस्ने योजना तय भएको छ । हालै भारतले अन्तरदेशीय विद्युत् आयात/निर्यातसम्बन्धी संशोधित निर्देशिका जारी गरेको विषय ताजै रहेका बेला हुन लागेका यी बैठकलाई नेपाली पक्षले निकै उत्साहपूर्वक लिएको छ । २ वर्षअघि जारी गरेको निर्देशिकामा रहेका कठोर व्यवस्थाहरूमा संशोधन गरी सन् २०१४ मा भएको विद्युत् व्यापार सम्झौताअनुसार गर्न नेपालले भारतलाई विविध तहबाट आग्रह गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)