ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एयरपोर्ट होटल प्रालि : व्यवसाय विस्तार गर्न जग्गा खरीद

Dec 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुग्ने र पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको ‘समिट रेसिडेन्सी एयरपोर्ट होटल प्रालि’ले होटल व्यवसाय विस्तार गर्ने तयारी गरेको छ । सन् २०११ देखि सेवा प्रारम्भ गरेको यस कम्पनीले उपत्यकाबाहिर पनि होटल सेवा विस्तारका लागि जग्गा खरीद गरेको छ । ‘समिट रेसिडेन्सी एयरपोर्ट होटल’ तीनतारे होटल हो । अधिकांश होटल काठमाडौं उपत्यका, चितवन, पोखरामा मात्रै केन्द्रित भएको अवस्थामा उक्त कम्पनीले पर्यटकीय सम्भावना उच्च भएका क्षेत्र पूर्व र पश्चिममा होटल खोल्ने योजना बनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक (एमडी) विनायक शाहले होटल व्यवसाय विस्तारका लागि बनाइएको योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित पूर्व र पश्चिमका केही स्थानमा जग्गा खरीद गरिसकिएको बताए । शाहका अनुसार पश्चिममा रारा, खप्तड, रामारोशन, पूर्वमा इलाम, धनकुटा (हिले)मा होटल विस्तार गर्न सकिन्छ । कम्पनीसँग ती ठाउँमा जग्गा भए पनि नीति नियमका कारण लगानी गर्न भने अझै समस्या रहेको उनले बताए । उनले भने, ‘हामी अहिले लगानी गर्न पनि तयार छौं । तर, त्यहाँ गएर कर कति तिर्ने, कुन सरकार (स्थानीय, प्रदेश, केन्द्र) मा दर्ता हुने, कसरी कर तिर्ने भन्ने विषय नै अन्योल छ ।’ यस्तो अवस्थामा लगानी गर्न नसकिने बताउँदै उनले यसबारे सरकारको स्पष्ट नीति आउनुपर्नेमा जोड दिए । होटल क्षेत्रमा ठूलो लगानी हुने सम्भावना देखेका शाहले भने, ‘कुनै पर्यटकीय गन्तव्यमा जानका लागि हरेक नगरपालिका वा कुनै तवरबाट कुनै न कुनै गरी विभिन्न निकायलाई कर बुझाइरहनु पर्ने बाध्यता हट्नैपर्छ ।’ कर तिर्न सहज, सडक–एयर कनेक्टिभिटी, विमानस्थलको स्तरोन्नति गर्न सरकारले ढिला गरिरहँदा होटल उद्योगको प्रवद्र्धन तथा विस्तारमा समस्या देखा परेको उनको भनाइ छ । अहिलेको अवस्थामा तीन तहकै सरकारले होटल उद्योगमा हस्तक्षेप हुने उनी विश्लेषण गर्छन् । करीब रू. ३ करोड ५० लाखमा रिभोल्भिङ रेस्टूराँ पनि सञ्चालनमा ल्याएको उक्त होटेलले अहिलेको सेवालाई थप सुदृढीकरण गर्दै गुणस्तरीय सेवा दिने बताएको छ । ४ रोपनीमा फैलिएको उक्त होटलमा ६२ कोठा छन् । नेपाल एयरलाइन्ससहित २८ ओटा अन्तरराष्ट्रिय उडानका कर्मचारी, पर्यटक र कहिलेकाहीँ उडानमा देखिने समस्याले ‘नाइट हल्टेज’ गर्नुपर्ने पर्यटक तथा ग्राहकलाई लक्षित गरी होटेल खोलिएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)