ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाइडबडी प्रकरण : सरकारद्धारा ३ सदस्यीय जाँचबुझ आयोग गठन, प्रतिवेदन बुझाउन ४५ दिनको समय

Jan 3, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
पुस १९, काठमाडौैं । सरकारले वाइडबडी विमान खरीद प्रकरणमा छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ । विमान खरीदबारे संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा दुई पूर्व पर्यटनमन्त्रीसहित बहालवाला मन्त्री, सचिव र निगमका महाप्रवन्धक समेतलाई दोषी देखाएको छ । उपसमितिले वाइडबडि प्रकरणमा ४ अर्ब ३५ कारेड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन लेखा समितिमा बुझाएको हो । उपसमितिको प्रतिवेदनमाथी शुक्रवार लेखा समितिमा छलफल हुने कार्यक्रम रहेको समितिका सदस्य अमनलनल मोदीले जानकारी दिए । सरकारले गरेका निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले वाइडबडी खरीद प्रकरणमा आवश्यक परे सरकार आफैंले न्यायिक छानबिन समिति बनाउने बताएका थिए । ‘उच्च तहकै मिलेमतोमा भ्रष्टाचार’ यसैबीच संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरीदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् । बिहीवार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरीद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको उनको दाबी छ । उनले भने, ‘वाईडबडी खरीदमा ठूलो मास्टर प्लान बनाएर उच्च तहकै मिलेमतोमा घोटाला भएको छ । खरीद गर्दा सार्वजनिक खरीद ऐनलाई पनि लत्याइएको छ ।’ कार्यक्रममा सार्वजनिक लेखा समितिका सदस्य अमनलाल मोदीले वाइडबडी खरीद प्रकरणमा लेखा समितिले भ्रष्टाचार गरेको ठहर गरे जोसुकै भएपनि कारबाहीको भागिदार हुने बताए । उनले भने, ‘मन्त्रीमात्रै होईन, सम्पूर्ण दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पनि वाईडबडी खरीद प्रकरणमा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । वाइडबडी प्रकरणमा नयाँँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले पनि विज्ञप्ती जारी गर्दै दोषीमाथी कारबाहीको माग गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)