ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर पुगेर प्रतिपक्षको गर्जन : वाइडबडीका भ्रष्टाचारीलाई छाडिन्न, प्रधानमन्त्रीको नाम ‘कर प्रसाद ओली’

Jan 5, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
पुस २१, विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नृतृत्वको सरकारलाई ‘कर प्रसाद ओली’ राखेको बताएका छन् । सरकारले जनता र उद्योगीमाथि कर थोपरेर तिर्न नसक्ने अबस्थामा पुर्याएको उनको आरोप छ । शनिवार विराटनगरमा नेपाल राष्ट्रिय मगर संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकारले कर थुपार्ने काम मात्र गरेकाले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओलीको नाम आफूले ‘करप्रसाद’ राखेको भन्दै ब्यंग्य गरेका छन् । सरकारले थोपरेको करका कारण उद्योग व्यवसाय धरासायी भएको भन्दै यस्तो अबस्थामा कसरी आर्थिक समृद्धि हुन्छ ? भनी उनले सरकारलाई प्रश्न गरेका छन् । यस्तै, वाइडबडी विमान खरीद प्रकरणमा भ्रष्टाचार गर्ने जो सुकै भएपनि काँग्रेसले नछाड्ने उनले दाबी गरेका छन् । विमान खरीद प्रकरणमा घोटाला भएको आशंका भएकाले तल्लो तहदेखि उपल्लो तहका जो सुकै भएपनि देशको पैसा लुट्नेलाई काँग्रेसले नछाड्ने देउवाले बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘काँग्रेस प्रतिपक्षमा रहेपनि विमान खरीद प्रकरणमा संलग्न कसैलाई छाड्ने छैनौं, देशको पैसा लुट्न दिंदैनौ ।’ सरकारले वाइडबडी खरीद प्रकरणको छानविन गर्न छुट्टै समिति बनाएर भ्रष्टाचार लुकाउन खोजेको हो कि ? कसैलाई बचाउन खोजेको पो हो कि ? भनेर शंका उत्पन्न भएको उनले बताए । उनले ओली सरकारले जनतलाई शान्ति सुरक्षासमेत दिन नसकेको बताए । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्त्तको हत्यारा जोगाउने काम स्वयं सरकारबाट भएको देउवाले आरोप लगाएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)