ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दिगो सार्वजनिक यातायात प्रालि : सञ्चालित रूटमै १५ बस थप्ने योजनामा कम्पनी

Jan 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । दिगो सार्वजनिक यातायात प्रालिले हाल सञ्चालन गरिरहेको रूटमा थप १५ ओटा बस थप्ने योजना अघि बढाएको छ । यस कम्पनीले हाल काठमाडौंको गोंगबु (नयाँ बसपार्क)–भद्रकाली–सिनामंगल रूटमा १७ ओटा बस सञ्चालन गर्दै आएको छ । यही रूटमा कम्पनीले ती बस सञ्चालनको योजना अघि बढाएको हो । कम्पनीका सचिव लालप्रसाद गुरागाईंले सेवा विस्तार गर्ने उद्देश्यले गाडी थप्ने योजना बनाइएको जानकारी दिए । नगर विकास कोषले पहिला १७ ओटा गाडी सञ्चालनमा ल्याउन दिएको ऋण सहुलियत जस्तै १५ ओटा बस थप्न सोही सुविधा दिए बस थपिने उनले बताए । ‘हाल सञ्चालनमा रहेका बसमा पनि कोषको ऋण लगानी छ,’ उनले भने, ‘सोही अनुसार ५ प्रतिशत ब्याजदरमा ऋण दिए ठूला सीट क्षमताका बस ल्याएर सञ्चालन गरिनेछ ।’ कम्पनीका अनुसार अहिले सञ्चालनमा आएका ती बसमा कोषले ५ करोड ५७ लाख रुपैयाँ ऋण दिएको छ । उक्त ऋण कोषले ५ प्रतिशत ब्याजमा उपलब्ध गराएको कम्पनीले बताएको छ । उक्त रूटमा सञ्चालन हुँदै आएका ६१ ओटा माइक्रो बस र टेम्पोलाई विस्थापित गर्ने नीति लिइएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गर्ने भनिएको ‘यातायात प्राधिकरण र कम्पनी ऐन’ संशोधनको प्रक्रियाले तत्काल यातायात व्यवसायमा लगानी गर्ने विषय स्पष्ट हुन नसकेको कम्पनीले बताएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीलाई ७ लाख ३० हजार घाटा भएको छ । गाडी गत साउन २८ गतेदेखि भए पनि साउन १३ गतेदेखि नै ब्याज तिर्नुपरेकाले पनि घाटा भएको कम्पनीले बताएको छ । यस्तै दशैं र तिहार एकै महीनामा पर्दा यात्रुको संख्या घट्नुका साथै अहिले सञ्चालित गाडीको मर्मत सम्भारमा बढी समय लागेकाले घाटा भएको उल्लेख छ । अहिले सञ्चालित बसहरू यूरो–४ मापदण्डका हुन् ।
तीन निकायबीच समन्वय नहुँदा व्यवसायमा समस्यालालप्रसाद गुरागाईं सचिव, दिगो सार्वजनिक यातायात अहिले काठमाडौं उपत्यकामा बस सञ्चालन गर्न निकै समस्या परेको छ । यातायात व्यवस्था विभाग, परमिट जारी गर्ने यातायात व्यवस्था कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच समन्वय नहुँदा निकै समस्या परेको छ । एक निकायले सञ्चालन हुन्छ भरेर चिट दिन्छ, तर अर्काे निकायले यस्तो किन गरेको भन्दै कारबाही गर्छ । अहिले बस रोक्ने र सञ्चालन गर्नेगरी लागू गरिएको नियमले निकै अन्योल पारिदिएको छ । यस्तै ट्राफिक जामको व्यवस्थापन नहुँदा पनि यातायात व्यवसायमा समस्या भएको छ । अहिलेका बसहरूमा उभिएर पनि यात्रा गर्न सकिने सुविधा भए पनि ट्राफिक प्रहरीले ‘ओभर लोड’ भयो भन्दै कारबाही गरेका छन् । प्रत्येक निकायले फरक फरक नियम लागू गर्दा पनि अन्योल भएको छ । यसलाई रोक्न यी निकायबीच समन्वय हुन जरुरी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)