ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमएस म्यारियट होटेल : डेढ महीनाभित्र सञ्चालनमा आउने तरखर

Jan 15, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । एमएस ग्रूपले रू. ३ अर्बभन्दा बढी लगानी भएको काठमाडौं नक्सालको ‘एमएस म्यारियट होटल’ डेढ महीनाभित्र सञ्चालनमा ल्याउने भएको छ । होटलका अध्यक्ष शशिकान्त अग्रवालले निर्माणको काम अन्तिम चरणमा पुगेको र केही प्राविधिक काम सकिएलगत्तै होटल सञ्चालनमा आउने जानकारी दिए । १३ रोपनी क्षेत्रफलमा बनेको उक्त होटलको सञ्चालनदेखि कोठा, खाना तथा बसोवास लगायत सबै विषयको व्यवस्थापन भने हस्पिटालिटी उद्योगमा ख्याति कमाएको अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘म्यारियट’ले गर्नेछ । ग्रूपका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवालले भने, ‘होटल निर्माण गर्दादेखि नै पाँचतारे होटल स्तरका मापदण्डहरू पूरा गरिएको छ । यसले गर्दा पाँचतारे होटलको मान्यता लिन कुनै समस्या छैन ।’ उक्त होटेलमा क्यासिनोसमेत सञ्चालन गरिने बताइएको छ । उनले भने, ‘नक्साल काठमाडौंको केन्द्रविन्दु हो । यहाँदेखि पर्यटकीय स्थल ठमेल, दरबारमार्ग, विमानस्थल, बौद्धनाथ सबै नजीक पर्छन् र ट्राफिक जामको पनि प्रभाव हुँदैन ।’ कुल २ सय १५ ओटा कोठा रहेको यस होटलमा २० ओटा स्वीट रूम र एउटा प्रेजिडेन्सियल रूमसमेत रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार विशिष्ट आगन्तुकको बसोवासदेखि सभासम्मेलन पनि उक्त होटलमा गर्न सकिन्छ । सन् २०१८ मा १२ लाखभन्दा बढी पर्यटक नेपाल आएका छन् । पाँचतारे होटल सञ्चालन गर्ने क्रममा तीव्र प्रतिस्पर्धा पनि बढ्दै गएको छ भने लगानी पनि आकर्षित हुँदै आएको छ । एमएस ग्रूपले अहिले विभिन्न कम्पनीमार्फत लगानी र उत्पादन गर्दै आएको छ । स्टील उद्योगदेखि निर्माण कम्पनी, सुगर मिल, प्लास्टिक उद्योग लगायत एक दर्जन कम्पनीमार्फत लगानी बढाएको ग्रूपले होटलमा पनि लगानी गर्दै आएको छ । पर्यटकको आगमनमा सन् २०१८ मा ‘ब्रेक थू्र’ भएको र सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भिœयाउने घोषणा गरेसँगै हस्पिटालिटी उद्योगमा लगानी बढ्दो क्रममा रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)