ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेशिन रिडेबल भिसाको तयारी

Jan 22, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । अध्यागमन विभागले अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सुरक्षा मापदण्डअनुसारको ‘मेशिन रिडेबल भिसा’ बनाउने तयारी गरेको छ । अहिलेको नेपाली भिसा स्टीकर गुणस्तर र सुरक्षाका दृष्टिकोणले कमजोर भएको हुँदा यसलाई रूपान्तरण गर्न लागिएको विभागले बताएको छ । अब आउने भिसा नेपालको पहिचान देखिने अन्तरराष्ट्रिय स्तरको मेशिन रिडेबल भिसा हुने विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । चालू आर्थिक वर्ष २०७४/७५ भित्र विभागबाट जारी हुने केही भिसा ‘मेशिन रिडेबल’ हुने र क्रमशः सबै भिसा त्यस्तो बनाइने उनले बताए । अध्यागमन प्रशासनको विषय राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बद्ध हुनुका साथै मुलुुकको अन्तरराष्ट्रिय छवि र सम्बन्धसँग जोडिएको विषय भएकोले यस विषयलाई विभागले प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उनले जानकारी दिए । उनले भने, ‘विगतमा अध्यागमन प्रशासनको ध्यान मूलतः आगमन र प्रस्थान व्यवस्थापनमा केन्द्रित भएकोमा अब विदेशीको नेपाल बसाइको समेत निगरानी र अनुगमन बढाइएको छ ।’ त्यसका लागि विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ स्वीकृत भई कार्यान्वयनमा समेत आइसकेको बताइएको छ । ८४ जना विदेशीलाई देश निकाला अध्यागमन विभागले वैशाखदेखि पुससम्मको अवधिमा ८४ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । अध्यागमन ऐनअनुसार विभिन्न कसुरमा अनुसन्धान भई सजाय पाएका उनीहरूलाई तोकिएको अवधिसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको विभागले बताएको छ । हाल अध्यागमन विभाग र मातहतका ११ ओटा कार्यालयमार्फत अध्यागमन प्रशासन संचालन भइरहेको छ भने विदेशस्थित नेपाली नियोगहरूले समेत अध्यागमन कानूनअनुसार भिसा जारी गर्ने कार्य गर्दै आएका छन् । विभागले हुम्लाको हिल्सा र इलामको पशुपतिनगरमा नयाँ अध्यागमन कार्यालय स्थापना गरी सेवा थालेको छ भने विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)