ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वमा १० करोड पर्यटक बढे

Jan 23, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । अघिल्लो वर्षको तुलनामा १० करोड पर्यटक थपिएर सन् २०१८ मा विश्वमा पर्यटकको संख्या १ अर्ब ४० करोड पुगेको छ । संयुुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लुटिओ) ले सन् २०२० मा मात्र यो संख्या पुग्ने प्रक्षेपण गरेको थियो । सन् २०१८ मा विश्वको आर्थिक वृद्धिदर भने ३ दलमलव ७ प्रतिशत मात्र रहेको थियो । विश्वव्यापी रूपमा इन्धनको मूल्यमा आएको स्थिरता, हवाई सम्पर्कमा वृद्धि, खरीद गर्न सकिने हवाई टिकट (भाडा), स्रोत बजारहरूको बढ्दो संख्या आदिले विश्व पर्यटनमा उल्लेख्य वृद्धि हुन पुगेको संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संगठनका अनुसार पर्यटकको विश्वव्यापी औसत वृद्धिमा सबैभन्दा बढी मध्यपूर्वमा १० प्रतिशत देखिएको छ । यूएनडब्ल्युटीओका महासचिव जुराव पोलोलिकास्भेलीले पछिल्लो समय समग्र विश्वको आर्थिक समृद्धि र विकासमा पर्यटनकोे महत्वपूर्ण भूमिका भएको बताएका छन् । उनले संगठनले सन् २०१९ मा पर्यटनलाई शिक्षा, शीप र रोजगारी सृजनाको रूपमा अघि बढाउने पनि बताए । नेपालमा करीब २५ प्रतिशत वृद्धि सन् २०१८ मा नेपालमा भने पर्यटक आगमन करीब २५ प्रतिशतले बढेको छ । उक्त वर्ष ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा कुल ९ लाख ४० हजार २१७ पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्यांक छ । सन् २०१८ मा नेपाल आएका पर्यटकमध्ये हवाई मार्गबाट ९ लाख ६९ हजार २८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७८५ आएका थिए । यो संख्या अहिलेसम्मकै उच्च हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)