ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘पाईलटकै कारण यूएस बंगलाको विमान दुर्घटना’

Jan 27, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
माघ १३, काठमाडौं । गत वर्ष त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको युएस–बङ्गलाको विमान दुर्घटना पाईलटकै कारण भएको प्रतिवेदन सार्वजनिक भएको छ । उक्त दुर्घटनाको आधिकारिक छानबिन गर्न गठित समितिले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीलाई ४३ पृष्ठको अन्तिम प्रतिवेदन बुझाएको हो । विमानका पाईलट भावनात्मक रुपमा विक्षिप्त रहेको र विमान आकस्मिक अवतरण गर्न नपर्ने अवस्थामा जबरजस्ती अवतरण गराउन खोज्दा सो दुर्घटना भएको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा क्य्रू मेम्बरले अवस्थाको सही विश्लेषण गर्न नसकेको, रनवे नदेखि विमान अवतरण गराएको, अवतरणका क्रममा स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर अवलम्बन नगरेको लगायतका कारण देखाइएको छ । गत वर्ष फागुन २८ मा बङ्गलादेशको राजधानी ढाकाबाट उडेको विमान काठमाडौं अवतरणको क्रममा दुर्घटना भएको थियो । नेपालमा भएको दशकौं पछिको सबैभन्दा खतरनाक उक्त हवाई दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । विमानमा चालकदलका सदस्यसहित ७१ जना सवार थिए । त्यसलगत्तै सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको थियो । [caption id="attachment_313194" align="aligncenter" width="700"] मन्त्री रविन्द्र अधिकारीलाई ४३ पृष्ठको प्रतिवेदन बुझाउँदै छानविन समिति[/caption] विमानको अवस्था तथा अन्य प्राविधिक पक्ष हेर्दा विमानलाई आपतकालिन अवतरण गर्नु पर्ने अवस्था नदेखिएको तर पाईलटले जसरी पनि ल्याण्ड गर्ने प्रयास गर्दा रनवेबाट बाहिर गई विमान दुर्घटना भएको छानविन समितिका सदस्य सचिव तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उक्त विमान दुर्घटनामा पाईलट अविद सुल्तान मानसिक दबाबमा रहेको र उडानकै समयमा को–पाइलट पृथुला रसिदसँग भएको सम्वाद उनको व्यवहारले त्यो पुष्टि गरेको उल्लेख छ । प्रतिवेदनमा सिभिल एभिएसन अथोरिटी अफ बंगलादेश (क्याब), अपरेटर कम्पनी युएस बंगला र नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)लाई उडान सुरक्षाका लागि विभिन्न सुझाव समेत दिइएको छ । प्रतिवेदनले क्याबलाई पाईलटको मानसिक तथा शारीरिक अवस्थालाई ध्यान दिएर मात्र विमान उडानको लागि अनुमति दिन, पाईलटको नियमित स्वास्थ्य चेकजाँच गर्न सुझाव दिइएको छ । यस्तै, अपरेटर कम्पनीलाई क्य्रू रिसोर्स म्यानेजमेन्टको प्रभावकारी कार्यान्वयन, नियमित स्थास्थ्य जाँच, क्य्रू मेम्बरको मुल्याङ्कनको पद्धती निर्माण तथा नियमित व्यावसायिक विकास लगायतलाई ध्यान दिन सुझाव दिएको छ । क्यानलाई एयर ट्राफिक कन्ट्रोल (एटिसी)को क्षमता अभिवृद्धि, विमानको आपतकालीन अवतरण लगायतका विषयमा थप तालिम र प्रभावकारी बनाउन जोड दिन सुझाव दिइएको छ । समितिले आइतवार नै उक्त प्रतिवेदन बंगलादेश सरकारलाई पनि पठाएको सहसचिव लामिछानेले जानकारी दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)