ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन नेपालमै

Feb 3, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालका बीमा कम्पनीहरूले अब स्वदेशमै कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन सहितको लेखापरीक्षण गराउन पाउने भएका छन् । बीमा समितिले बीमांकी जनशक्तिको रोस्टर (सूची) बनाउने भएपछि कम्पनीहरूले स्वदेशमै कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन सहितको लेखापरीक्षण गराउन पाउने भएका हुन् । बीमांकीले बीमा कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन सहितको लेखापरीक्षण गर्छन् । नेपालमा यस्ता जनशक्ति नभएकाले यहाँका बीमा कम्पनीहरूले भारत लगायत मुलुकका बीमांकी मार्फत कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन सहितको लेखापरीक्षण गराउँदै आएका छन् । समितिले अब स्वदेशमा नै यस्तो काम गराउने उद्देश्यसहित बीमांकीको रोस्टर बनाउन लागेको हो । यसका लागि समितिले गत हप्ता एक सूचना प्रकाशित गर्दै त्यस्ता जनशक्तिलाई रोस्टरमा सहभागी हुन आग्रह पनि गरेको छ । समितिले बीमांकी योग्यता हासिल गरेको व्यक्तिलाई सूचना प्रकाशित भएको ४५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो । समितिले बीमांकीको सम्पूर्ण विवरणलाई अध्ययन गरेर रोस्टरमा राख्ने बताएको छ । रोस्टरमा बीमांकीको नाम, नम्बर र ठेगाना समावेश गरिएको हुनेछ । जसअनुसार कम्पनीहरूले रोस्टर मार्फत नै आफूलाई सहज हुने बीमांकी छनोट गरेर सम्बन्धित काम गराउन सक्नेछन् । अहिलेको जसरी ‘एक्चुरियल’ मूल्यांकन सहितको लेखापरीक्षण गराउन विदेशमा जान नपर्ने समितिको भनाइ छ । एउटा कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन सहितको लेखापरीक्षण गर्दा रू. ४ लाखभन्दा बढी खर्च हुने गरेको छ । हाल नेपालमा १८ जीवन, २० निर्जीवन र १ पुनर्बीमा गरेर ३९ ओटा कम्पनी सञ्चालनमा छन् । जसअनुसार यतिका कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन सहितको लेखापरीक्षण गर्दा वर्षेनि करोडौं रकम बाहिरिने गरेको छ । यसरी बाहिरिने रकमलाई न्यूनीकरण गर्न पनि यस्तो व्यवस्था गरिएको समितिको भनाइ छ । यस्तै, एक बीमांकीले एउटा मात्र कम्पनीको ‘एक्चुरियल’ मूल्यांकन र लेखापरीक्षण गर्नुपर्ने नीतिगत व्यवस्था छ । तर, विदेशमा रहेका बीमांकी सम्बन्धीका कम्पनीबाट यस्तो काम गर्दा बीमांकी दोहोरिने गरेको पनि पाइन्छ । समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले रोस्टर मार्फत बीमांकी नियुक्त गर्दा अब त्यस्तो समस्या नहुने बताए । युनियन लाइफ इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले स्वदेशमा नै बीमांकी उपलब्ध हुँदा लेखापरीक्षण छिटो हुने बताए । उनले भने, ‘विदेशमा गएर लेखापरीक्षण गराउँदा ३/४ महीनासम्म लाग्छ । जसले गर्दा बीमा कम्पनीहरूको वार्षिक साधारणसभा पनि समयमा हुन सकेको छैन ।’ समितिको यो कदम सफल भएमा बीमा कम्पनीहरूको लेखापरीक्षण र वार्षिक साधारणसभा समयमै सम्पन्न हुने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)