ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जयप्रकाश गुप्ताको अन्तिम माग सर्वोच्चद्वारा अस्वीकार

Feb 4, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताको फैसला पुनरवलोकनको मागलाई सर्वोच्च अदालतको पूर्ण इजलाशले अस्वीकार गरेको छ । गुप्ताले आफूलाई ८४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भनी गरिएको फैसला पुनरवलोकन गर्न माग गरेका थिए । झण्डै दुई वर्षअघि सो माग अस्वीकार गरिएको भए पनि त्यसको लिखित फैसला आइतवार मात्र सार्वजनिक भएको छ । सर्वोच्चका न्यायाधीशहरू दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको पूर्ण इजलाशले संयुक्त इजलाशले २०६८ फागुन ९ गते गरेको फैसला मिलेको उल्लेख गर्दै त्यसलाई पुनरवलोकन गर्न नसकिने ठहर गरेको हो । गुप्ताले गरेको अन्तिम मागलाई अस्वीकार गरिएपछि उनीविरुद्ध ‘भ्रष्टाचारी’ हुने गरी भएको फैसला सदाका लागि कायम हुने भएको छ । पूर्वमन्त्री गुप्ताले पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो अदालतले २०६४ जेठ २८ गते गुप्ताको सबै सम्पत्ति वैध भएको उल्लेख गर्दै उनलाई सफाइ दिएको थियो । सोविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । तत्कालीन न्यायाधीशहरू सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलाशले गुप्ताले अवैध रूपमा ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै फैसला गरेको थियो । उक्त फैसलालाई पुनरवलोकन गर्न माग गर्दै गुप्ताले सर्वोच्चमा निवेदन दिएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)